2026-06-20 01:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बिप्लब माओवादीका युवा इन्चार्ज सहित एक दर्जन बढी एमाओवादीमा प्रवेश

 सन्तोषकुमार गुप्ता । कात्तिक २३, दाङ । बिप्लब माओवादीका युवा इन्चार्ज सहित एक दर्जन बढी एमाओवादीमा प्रवेश गरेका छन् । एकिकृत नेकपा माओवादी लालमटिया गाउँ समितीले सोमबार भालुवाङ्गमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रबेश कार्यक्रममा उनीहरु एमाओवादीमा प्रवेश गरेका हुन् ।

यसै बीच कार्यक्रममा समान्य प्रशासन मन्त्री तथा एकिकृत नेकपा माओवादीकी केन्द्रिय सदस्य रेखा शर्माले भारतले गरेको अघोषित नाकाबन्दीको सवालमा भारत संग कुनै सम्झौता नगर्ने बरु दाउरा बालेर बस्न तयार रहेको बताईन् । कार्यक्रममा बोल्दै मन्त्री शर्माले भारतले गरेको नाकाबन्दीको सामना गर्न तयार रहेको र कुनै सम्झौता नगर्ने बताईन् ।

नेपालको आन्तरिक मामिला मधेशबादी दललाई उचालेर नाकाबन्दी देखि उच्छृङ्गखल आन्दोलन गराउन भारतले गरेको रबै आपत्ती जनक रहेको बताईन् । उनले अहिलेको बामपन्थी गठबन्ँधनको सरकार नै राष्ट्रिय एकताको सरकार बनाउन सबै लाग्नु पर्ने समेत बताईन् । काँग्रेसको रबैका कारण नै दोस्रो संविधानसभाबाट ठुलो दल बनेको काँग्रेस प्रतिपक्षमा बस्नु परेको बताउँदै मन्त्री शर्माले प्रधानमन्त्री र राष्ट्रपति पद फुत्किएकोले काँग्रेस बौलाएको समेत बताईन् । उनले अहिलेको सरकार नै जनसरकार भएको बताउँदै किसान मजदुरका सबै समस्या बिस्तारै समाधन गर्नै गरी सरकार आन्तिरक तयारी समेत लागेको बताईन् ।

हामी बिगतमा जे जस्ता गल्ती कमजोरी गरेको भए पनि अब जति सक्छौँ, जनपक्षीय काम गर्नेछौँ तर राष्ट्रबिरोधी कुनै काम गर्ने छैनौँ शर्माले भनिन् । देश र जनताले परिवर्तन खाजेका छन् त्यसैले अहिले विभाजन होइन् राष्ट्रिय एकता चाहिएको छ । जुन कुरा अहिलेको आवश्यता हो मन्त्री शर्माले भनिन् । भरखरै जारी भएको संविधान लागु गराउनु मेरो र बर्तमान सरकारका मुख्य कार्यभार भएको बताउँदै सबैको सहयोगको आग्रह समेत गरिन् ।

एकिकृत नेकपा माओवादी लालमटिया गाउँ समिती अध्यक्ष धर्मराज अधिकारकिो अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी बिप्लब पक्षका युवा इन्चार्ज दिपक पुन सहित २० जना बडी युवाहरु पर्टी परित्याग गरी पुरानै पार्टी एकिकृत नेकपा माओवादीमा प्रबेश गरेका छन् । मन्त्री शर्मा प्यूठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भालुवाङ्गमा कार्यकर्ताहरु संग भेटघाट गरेका थिए । सो अवसरमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा केही दिनमै देशमा परेको इन्धन लगायतका समस्या समाधन गर्न सरकार आन्तरिकमा जुटेको बताईन् ।

मधेशबादी दलको मागका बिषयमा समेत सबिधान सम्शोधन गर्न समेत आन्दोलनरततथा अन्य दलहरु संग छलफल गरिहेको समेत बताईन् । त्यस्तै भालुवाङ्ग पुलचोकको लालपुर्जाको समस्याका बिषयमा समेत अबको सरकारले समाधान गर्ने बताईन् । त्यसका लागि तपाईहरु पनि काठमाडौँ दबाबमूलक डेलिकेशनमा आउन आग्रह गरिन् ।

त्यस्तै दाङ्ग प्रादेशिक राजधानी बनाउने बिषयमा संञ्चारकर्मीले राखेको जिज्ञासामा प्रदेश नम्बर ५को राजधानीका लागि दाङ्ग नै उपयुक्त रहेको बताईन्, संघीय राजधानी कहाँ हुने बिषयमा भने अहिले संसद तथा सरकारमा कुनै छलफल नभएको बताउँदै जिल्लामा अभियान चलाउन सुझाव समेत दिईन् । कार्यक्रमको सञ्चालन एकिकृत नेकपा माओवादी लालमटिया गाउँ समिती उपाध्यक्ष नारायण शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ