पुस २१, काठमाडौं । रुपन्देहीको देवदहका व्यवसायी वसन्त पौडेल (बलु) को हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई आइबार दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले जनाएको छ ।

घटनामा मनोज पुन समूहकै संलग्नता रहेको प्रहरीले पुष्टि गरेको छ । यसअघि घटना लगत्तै पुनले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरेर आफूले पौडेलको हत्या गरेको दाबी गरेका थिए ।

गत २१ पुसमा फर्निचर व्यवासायी पौडेलको गोली हानी हत्या गरिएको थियो । उनको टाउकोमा गोली लागेको थियो ।