2026-09-19 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

साप्ताहिक आईतबार भालुवाङ्ग बजार बन्द हुने

rapti uddhyog

सन्तोषकुमार गुप्ता । भालुवाङ्ग ५ मंसिर । साप्ताहिक रुपमा आईतबार भालुवाङ्ग बजार बन्द गरिने भएको छ । राप्ती उद्योग बाणिज्य संघ भालुवाङ्गको बिहिबार भएको नियमित मासिक बैठकले मंसिर ६ गते आईतबार देखि साप्ताहिक आईतबार बजार बन्द गर्ने निर्णय गरेको हो ।

यस अघि साप्ताहिक रुपमा आईतबार बजार बन्द हुदै आएकोमा गत असोज २२ गते भएको संघको बैठकले असोज २४ गते आईबार देखि नजिकदै गरेको दशैँ, तिहार र छठ पर्वलाई मध्यनजर गदै मंसिर १ गते आईतबार सम्म बजार खोल्ने निर्णय गरेको थियो । संघका अध्यक्ष ताराबहादुर डिसीको अध्यक्षतामा भएको बैठकले संघको कार्यक्षेत्र लालमटिया र गोबरडिहा गाविसका सम्पूर्ण व्यपार, व्यवसाय, उद्योगधन्दा बन्द गर्ने निर्णय गरेको हो । व्यपारीको माग तथा व्यपार व्यवसाय तथा उद्योगधन्दामा काम गर्ने मजदुरको समस्यालाई मध्यनजर गदै साप्ताहिक आईतबार बजार बन्द गर्ने निर्णय गरिएको संघका अध्यक्ष डिसीले जानकारी दिए । जिल्लाका अन्य बजार साप्ताहिक शनिबार बन्द गरिएको भए पनि भालुवाङ्गमा भने साप्ताहिक आईतबार बजार बन्द गरिदै आएको छ ।

बैठकमा संघका निर्वतमान अध्यक्ष जगतप्रसाद पोख्रेल, बरिष्ठ उपाध्यक्ष ऋषिरम आचार्य, उपाध्यक्ष रामबहादुर सुनार, सचिव प्रेमबहादुर केसी, कोषाध्यक्ष युवराज भुसाल, सदीयहरु हिमानन्द पाण्डे, हरिप्रसाद श्रेष्ठ, माधव श्रेष्ठ, बृहस्पति श्रेष्ठ, श्रधिर खत्री र सल्लाहकार नुमानन्द सुवेदी लगायतले आ—आफ्नो धारणा राख्नु थिए । बैठकको सहर्जीकरण संघका संस्थापक कार्यालय सचिव सन्तोषकुमार योगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई