३ फाल्गुन २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ्गमा यो बर्ष पनि समयमै भएन योजना सम्झौता

९ मंसिर २०७२, बुधबार ०७:३३

सन्तोषकुमार गुप्ता, मंसिर ९, दाङ्ग । जिल्ला विकास समितिले चालु आर्थिक वर्ष्भित्र सम्पन्न गरी सक्नुपर्ने योजनाहरुको सम्झौताका लागि उपभोक्ता समितिलाई पटक–पटक आग्रह गर्दै आएको छ । जिल्ला विकास समितिले आर्थिक वर्षको पहिलो चौमासिकभित्रै सम्पूर्ण योजनाहरु सम्झौता गरी सक्नुपर्ने योजना बनाए पनि उपभोक्ता समिति गठनमा ढिलाई हुँदा अहिलेसम्म दुई तीनवटा मात्र योजना बाहेक सम्झौताको काम अगाडि बढ्न सकेको छैन ।

gbs

 

जिल्ला विकास समितिले गत असोज १० देखि नै सार्वजनिक सूचना जारी गरेर योजना सम्झौताका लागि आह्वान गर्दै आएको छ । तर, योजना सम्झौताको काम हुन सकेको छैन । किन योजना सम्झौताको काम हुन सकेको छैन त ? आफ्ना योजनाहरु रातो किताबमा पार्न बस्तीस्तरदेखि नै दौडधुप र राजनीतिक दलका नेताहरुसम्म सोर्स मिलाउने उपभोक्ताहरु जब योजना छनौट भई अख्तियारी आउँछ, तब उनीहरु कुनै चासो दिदैनन् योजना सम्पन्न गर्न । उता जिल्ला विकास समितिले उपभोक्ता समिति गठन भएर नआउदा समयमा योजनाहरु सम्झौता नभएको बताउँछ ।

जसका कारण आर्थिक वर्षको अन्त्यमा कामको चाप हुने र त्यसबाट काम प्रभावकारी हँुदैन । दाङमा चालु आर्थिक वर्षको पहिलो चौमासिक बितिसक्दा जम्मा २÷३ वटा मात्र योजनाहरु सम्झौता भएको बताउनुहुन्छ–जिल्ला विकास समिति दाङका योजना शाखाका नायव सुव्वा टेकबहादुर खड्का । तर, उपभोक्ता समितिमा बसेर काम गरिसकेका नागरिकहरुको पीडा भने फरक छ । योजना सम्पन्न गर्न उपभोक्ता समितिलाई पहिले जस्तो पेश्की उपलब्ध गराइदैन । विगतमा पेश्की पछ्यौटमा समस्या भएका कारण पेश्की उपलब्ध गराउन छोडिएको जिविस बताउँछ । जस्का कारण उपभोक्ता समितिले व्याजमा ऋण काडेर काम गर्नुपर्छ ।

उपभोक्ता समितिको योजना अनुरुप ईस्टिमेट बनाएर काम गर्न प्राविधिकहरु तयार हुँदैनन्, भने अर्को्तिर उपभोक्ताहरुले खोजीबाट रकम उठाउन र श्रमदान गर्न पनि मान्दैनन् । जसका कारण काम गर्न समस्या रहेको दाङ कटुकी निवासी खिमबहादुर बस्नेतले बताउनुभयो । योजना सम्पन्न गर्नका लागि उपभोक्ता समितिले १० देखि २० प्रतिशतसम्म लगानी गर्नुपर्छ । प्राविधिकहरुको ईच्छा पुरा गरी दिनुपर्ने, गाउँका सर्वसाधारणहरुबाट पनि भनाइ खानुपर्ने र झञ्जटिलो प्रक्रियाका कारण उपभोक्तामा बसेर काम गर्ने अवस्था नरहेको नागरिकहरु बताउँछन् ।

एकातिर सरकारले जनताकै लगानीमा स्थानीय योजनाहरु सम्पन्न गर्ने गरी नीति बनाउने तर उपभोक्ताहरु सरकारकै बजेटमा सरकारले नै योजना सम्पन्न होस् भन्ने चाहना राख्दा योजनाहरु सहज रुपले सुरु हुन नसकेको बस्नेतले बताउनुभयो । अहिले जिविस अनुदानअन्तर्गतका एसएनआरटिपी, एलजिसिडिपी, लापा, सांसद क्षेत्र विकासलगाएका कार्यक्रमका लागि दुई अर्ब भन्दा बढीको अख्तियारी आएको छ । आर्थिक वर्षको अन्त्यमा हतारमा हुने कामको प्रभावकारी हुने भएकाले योजनाहरुको काम सुरु गरी हाल्न पटक–पटक आग्रह गरे पनि उपभोक्ताहरुले चासो नदिएको स्थानीय विकास अधिकारी रमेश गौतमको भनाइ रहेको छ । काम सुरु हुन नसक्दा कर्मचारीहरु खाली बस्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षका लागि जिल्ला विकास समिति दाङमा लक्षित वर्गका १ सय २४, सामाजिक विकास कार्यक्रममा १८, पर्यटनका ३८, साहित्य कला संरक्षणका ३, सडक सिचाई पुललगायतका भौतिक पुर्वाधारका धेरै योजनाहरु रहेका छन् । उपभोक्ताहरु विकास माग्ने, तर सम्पन्न गर्न नचाहने, वर्षको अन्त्यमा हतारमा काम गर्ने जस्ता परिपाटीले विकास कमजोर बनेको छ । समयमै काम गर्नका लागि पनि उपभोक्ता गठन देखि योजना सम्पन्न हँुदासम्म बेहोर्नुपर्ने समस्याले उपभोक्ता हैरान हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहारारा गोल्डकपको उपाधि सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ: अध्यक्ष प्रचण्ड ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश एमालेको निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल चयन, महासचिवमा अधिकारी सरकारको सात महिना बित्दा पनि मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने व्यक्तिहरुको माग बढ्दै हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृ-त्यु, चालक र छोरा घाइते बेलुन पड्किएर घाइते भएका पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो सत्तारुढ दलहरुले गरे अध्यादेशलाई संसद्‍मा अघि बढाउने निर्णय पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्किदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते पृथ्वीचोकबाट अबैध लागू औषधसहित ३ जना पक्राउ लेबनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, उपरथी ढकाल घाइते रुपन्देहीमा गाँजा र चरेससहित ७ जना व्यक्ति पक्राउ जनकपुरधाममा मुख्यमन्त्री सिंह विरुद्ध मसाल जुलुस प्रदर्शन महाकुम्भमा स्नान गर्न गइरहेका भक्तजनहरूको गाडी दुर्घटना हुदा १० जनाको मृत्यु, १९ जना घाइते डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा पक्राउ दक्षिण कोरियाबाट ४ जना नेपाली निष्काशित लागुऔषध (ब्राउनसुगर)सहित ३ जना पक्राउ