Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
दाङ्ग - DNG

सिसहनियाँमा साझेदारी कार्यक्रमको समन्वय बैठक

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

"sisahaniyaओमप्रकाश गुप्ता/मङ्सिर १२, दाङ । स्थानीय विकासका लागि साझेदारी कार्यक्रम अन्तर्गत गाविस स्तरीय समन्वय बैठक शुक्रवार सिसहनियाँ गाविस कार्यालयमा सम्पन्न भएको छ । बेस संस्थाको आयोजना एवम् यु.एस.ए.आई.डी नेपालको आर्थिक सहयोगमा बैठक सम्पन्न भएको हो ।

गाविस सचिव मंगलप्रसाद चौधरीको अध्यक्षतामा भएको बैठकले स्थानीय निकायले गर्ने कामको बारेमा जानकारी गराउदै ग्रामीण क्षेत्रमा समान जनसहभागिता, सुशासन, जवाफदेहिता, महिला सशक्तिकरण लगायतका वारेमा जानकारी गराईएको थियो ।

बैठकमा सुशासनका बारेमा बेसका कार्यक्रम संयोजक नरबहादुर चौधरी ,साझेदारी विकास परियोजनाका बारेमा फिल्ड संयोजक बासुदेव चौधरी, महिला शसत्तिकरणका बारेमा फिल्ड संयोजक सिता विष्ट, सञ्चारका बारेमा साझेदारी रेडियो कार्यक्रम उद्पादक दिवाकर पोख्रेल र युवाका बारेमा ओमप्रकाश गुप्ताले जानकारी गराउनु भएको थियो ।

बैठकमा उठेका प्रश्नको जवाफ बेसका कार्यक्रम संयोजक नरबहादुर चौधरी र साझेदारी विकास परियोजनाका जिल्ला फिल्ड संयोजक बासुदेव चौधरीले दिनुभएको थियो ।

सामाजिक परिचालिका विष्णुमाया चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा एमालेका खिमबहादुर के.सी, एकिकृत नेकपा माओवादीका शान्तराज शर्मा, वडा नागरिक मञ्चका संयोजक रामप्रसाद चौधरी, साझेदारी रेडियो कार्यक्रम उद्पादक दिवाकर पोख्रेल, सञ्चारकर्मी ओमप्रकाश गुप्ता लगायतका वक्ताले बोल्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सुशासन कार्यक्रमकी सामाजिक परिचालिका सृजना शर्माले गर्नुभएको थियो ।