2026-06-28 09:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीमा नाकाबन्दी बिरुद्ध नागरिक अभियान

सन्तोषकुमार गुप्ता/मङ्सिर १२, भालुवाङ । भारतले बिगत तीन देखि लगाएको अघोषित नाकाबन्दीको चौतर्फी बिरुद्ध भईरहेको बेला देउखुरीका युवाहरुले भने नाकाबन्दी बिरुद्ध नागरिक अभियान गठन गरेर आन्दोलनको शुरुवात गरेका छन् ।

देउखुरीको गोबरडिहाका स्थानिय नागरिक अगुवाहरुको शुक्रबार कालाकाटेमा भएको भेलाले भारतले नेपाल माथि नाकाबन्दी लगाएर अन्र्तराष्ट्रिय पारवहन अधिकारको हनन् गरेको र संयुक्त राष्ट्र संघले भारत सरकारलाई पटक—पटक नाकाबन्दी खुलाउन लागि औपचारिक आग्रह गर्दा समेत झनपछि झन भारतीय ज्यादती गरेको भन्दै भारत सरकारका बिरुद्ध नागरिकलाई जागरुक गराउन तथा दबाबमूलक कार्यक्रम मार्फत अन्र्तराष्ट्रिय क्षेत्रमा सन्देश प्रवाह गर्न युवा अगुवा सागर मर्रासिनीको संयोजकत्वमा ७ सदस्यीय नाकाबन्दी बिरुद्ध नागरिक अभियान भेला आयोजक समिती गठन गरेको छ । जसको सदस्यहरुमा लालमणि गिरी, सरस्वती योगी, भरत अधिकारी, ढकबहादुर एमसी, बासुदेव बेल्बासे र सुरज सोनाम रहेका छन् ।

गठित समितीले मंसिर १४ गते कालाकाटेमै बृहत भेलाको आयोजना गरी नाकाबन्दी बिरुद्ध नागरिक अभियान संघर्ष समिती गठन गर्ने निर्णय समेत गरेको छ । नाकाबन्दीले देशका अति संवेदनशिल क्षेत्र समेत झन्पछि झ्न प्रभावित बन्दै गएको तथा जनजीवन नै कष्टकर हुन थालेको भन्दै युवाहरुले देउखुरी व्यापी विभिन्न दबाबमूलक कार्यक्रम गरेर भारत गरेको नाकाबन्दकिो बिरुद्ध नागरिक सचेतना फैलाउने नवगठित समितीका अध्यक्ष सागर मर्रासिनीले बताए ।

युवा अगुवा सागर मर्रासिनीको अध्यक्षता एवम् गोबरडिहा गाविसका निर्वतमान अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा भएको भेलामा गोबरडिहा गाविस भरिका एक सय बढी नागरिक अगुवा, समाजसेवी, बुद्धिजीवि, युवा, विद्यार्थी र शिक्षकहरुको सहभागिता रहेको थियो भने भेलाको सहर्जीकरण दिपक पोख्रेलले गरेका थिए ।

अभियानद्धारा नाकाबन्दीको खुलाउन माग (विज्ञप्ती सहित)
यसैबीच नाकाबन्दी बिरुद्ध नागरिक अभियान भेला आयोजक समिती गोबरडिहाले भारत सरकारलाई तत्काल नाकाबन्दी हटाई अन्र्तराष्ट्रिय पारवहन अधिकारको सम्मान गर्न र असल छिमेकीको भुमिका निर्वाह आग्रह गरेको छ ।

press bigyapti copy

भेला पछि नव गठित नाकाबन्दी बिरुद्ध नागरिक अभियान भेला आयोजक समिती गोबरडिहाका संयोजक सागर मर्रासिनीले शुक्रबार एक प्रेस बिज्ञप्ती जारी गरी भारत सरकारले बिगत लामो समय यता नेपाल माथि नाकाबन्दी गरेर नेपालको पारवहन अधिकार मात्र नभई दुई देशको सुमधुर सम्बन्ध र भारत प्रति नेपाली जनताको बिश्वास माथि तुषरापात भएको जनाएको छ ।

भारतको नाकाबन्दीको कारण नेपालीको दैनिकी अस्तव्यस्त बन्दै गएको छ, भने भारतीय सिमा सुरक्षा बल एसएसबी ले सुनसरी लगायतका सिमा क्षेत्रमा नेपाली माथि ज्यादती गदै आएको प्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाउँदै भारत सरकारको त्यस्ता हर्कत प्रति कडा शब्दमा घोर भत्र्सना गरेको छ ।

साथै संयोजक मर्रासिनीद्धारा जारी हस्ताक्षणत विज्ञप्ती मार्फत भारत सरकारलाइृ तकाल नाकाबनदी हटाउन समेत जोडद्धार माग गरेको बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी