४ फाल्गुन २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सामुदायिक वनद्धारा सेवा केन्द्रलाई कोठा उपलब्ध

१२ मंसिर २०७२, शनिबार ०८:००

सन्तोषकुमार गुप्ता/ मंसिर १२, भालुवाङ्ग । देउखुरीको लालमटिया स्थीत कालिका सामुदायिक वन उपभोक्ता समुहले सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियालाई कार्यालय सञ्चालनका लागि कोठा उपलब्ध गराएको छ ।

समूहका अध्यक्ष जोहरमान मियाँको अध्यक्षतामा भएको बैठकले हालै स्थापना भएको सामुदायिक प्रहरी सेवा केन्दको आर्थिक अवस्था कमजोर रहेको भन्दै आर्को व्यवस्था नहुनजेल सम्मका लागि सामुदायिक वनले आफ्नो भवनको एउटा कोठा उपलब्ध गराउने निर्णय गरेको हो । सेवा केन्द्रले गाउँ घरमा हुने गरेको झै—झगडा, बिबादहरु मिलाई गाउँ घरमा शान्ति स्थापना गर्न जस्ता महत्वपूर्ण कामहरु ग्दै आएको सेवा केनद्रकी अध्यक्ष हिमाली न्यौपानेले बताईन् ।

यस्तै सामुदायिक वनका अध्यक्ष जोहरमान मियाँले सामुदायिक वन पनि यसै ठाउँका नागरिकहरुको संस्था भए जस्तै सेवा केन्द्र पनि हाम्रा लागि अति उपयुक्त संसथा भएकोले यसको संरक्षण संम्बद्धन गर्ने हाम्रो दायित्व भएको बताए । सेवा केन्द्र पूर्ण आर्थिक, समाजिक रुपले मजबुट नहुँदा सम्म एउटा कोठा कार्यालय सञ्चालनका लागि निशुल्क उपलब्ध गराईएको समूहका अध्यक्ष मियाँले भने ।

बैठकमा सामुदायिक वनका संस्थापक अध्यक्ष युवराज न्यौपाने, पूर्व अध्यक्ष मालिका आचार्य, टेकबहादुर रावत, गुरुप्रसाद ज्ञवाली, समाजेवीहरु रमेशमान गुरुङ्ग, शारदा भुसाल लगायत एक सय बढी समाजिक अगुवाहरुको सहभागिता रहेको थियो । बैठकको सहर्जीकरण समूहका सचिव भिमकान्त भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज एकैदिन दुई हजार ७०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? बिग्रिएर रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक बस्दै राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो रहने छ कार्यसूची ! थ्री बाई थ्री बास्केटबल प्रतियोगितामा भारतलाई हराउँदै नेपालले जित्यो उपाधि नयाँदिल्लीको रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ घाइते प्रतिनिधिसभा बैठक आज बस्दै, आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर मौसम: उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहारारा गोल्डकपको उपाधि सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ: अध्यक्ष प्रचण्ड ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश एमालेको निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल चयन, महासचिवमा अधिकारी सरकारको सात महिना बित्दा पनि मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने व्यक्तिहरुको माग बढ्दै हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृ-त्यु, चालक र छोरा घाइते बेलुन पड्किएर घाइते भएका पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो