2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

संखुवासभामा सडक निर्माण भएसँगै स्थानीयवासी खुशी

माघ १२, संखुवासभा | संखुवासभाको व्यापारिक बजार पोखरी हुँदै नुनढाकी जाने सडकको कार्य तीव्रगतिमा अगाडि बढेसँगै स्थानीयवासीमा खुशियाली छाएको छ । 

उन्नति संस्थाको रु १० करोड ७९ लाख ४२ हजार ४५९ को लागतमा २१ किलोमिटर सडक निर्माण गर्ने जिम्मा पाएका थोदुङ् कुन्सालिङ जेभी कम्पनीले सडक निर्माण कार्यमा तीव्रता दिएको हो । ठेकेदार सीताराम तामाङका अनुसार यो सडक निर्माण गर्दा आफूहरुलाई स्थानीयवासीले समेत साथ दिइरहेका छन् । निर्माण कार्य शुरु गरेको छ महिना नबित्दै ३० प्रतिशतभन्दा बढी काम गर्न आफूहरु सफल भएको उनको दाबी छ । 

चैनपुर नगरपालिकाले सडक निर्माणको कार्यलाई कडाइका साथ अनुगमन गरिरहेकाले गुणस्तरीयता कायम गर्न आफूहरुले समेत निगरानी गरिरहेको चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले बताउनभयो । उक्त सडक निर्माण हुँदा खाँदबारी, चैनपुर, पाँचखपनलगायतका स्थानीयवासीले संखुवासभाको चैनपुर नगरपालिका–१ मा नुनढाकीस्थित प्रसिद्ध तीर्थस्थल तातोपानीलगायत तेह्रथुम, ताप्लेजुङ र चैनपुर नगरपालिका–१ नुनढाकी गुफापोखरीे संगमस्थलमा नेपालमा पाइने ३२ प्रजातिको गुराँसमध्ये २८ प्रजातिको गुराँस फूलको रमणीयस्थल तिनजुरे, मिल्के, जलजले क्षेत्र र ताप्लेजुङसम्मको सहज यात्रा गर्न सक्ने बताइएको छ । 

उक्त सडक सञ्चालनबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुग्न सक्ने जिल्ला समन्वय समिति, संखुवासभाका प्रमुख सुमन शाक्यले बताउनुभयो । 

अहिले इस्टिमेटबमोजिम ग्याबियन वाल, नाली निर्माण कार्यका साथसाथै सडक चौडा बनाइ सहजरुपबाट सवारीसाधन आवतजावतमा समेत अवरोध नपुग्ने गरी द्रुतगतिमा निर्माण कार्य भइरहेको प्रमुख खत्रीले बताउनुभयो । 

सडक निर्माण कार्यलाई तीव्रता दिन साँझको समयपछि मात्र लोड गाडी आवतजावत गर्ने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक हेमन्तकुमार राणाले बताउनुभयो । 

सडक निर्माण कार्य सम्पन्न भएपछि व्यापारिक एवं पर्यटकीय महत्वको चैनपुर बजारबाट पोखरी हुँदै नुनढाकीसम्मका स्थानीयवासीको दैनिक जीवनयापन र स्थानीय उत्पादनको बजार प्रवद्र्धनमा सहजता आउनुका साथै आर्थिक कारोबारमा थप वृद्धि हुनेमा स्थानीयवासी आशावादी छन् । 

अक्षयकोष स्थापना 

यसैबीच, खाँदबारी नगरपालिका–७ का भीमकुमारी थापामगरले आफ्नो स्व आमाको स्मृतिमा श्री मंगलादेवी माध्यमिक विद्यालयमा छात्रवृत्ति कोष स्थापना गर्नुभएको छ । 

तीन वर्ष अघि स्वर्गिय हुनुभएकी उहाँकी आमा चन्द्रमाया थापामगरको स्मृतिमा रु ५० हजारको छात्रवृत्ति कोष स्थापना गर्नुभएको विद्यालय प्रशासनले जनाएको छ । कोषको ब्याजबाट आएको रकमले हरेक वर्षको एसइइ परीक्षामा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने विद्यालयका प्रधानाध्यापक योगेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

कोष स्थापना गर्ने भीमकुमारी थापामगरकी स्व आमाले पनि तीन वर्षअघि उहाँका स्व श्रीमान्को नाममा रु ५० हजारको अक्षयकोष स्थापना गर्नुभएको थियो । सो अक्षकोषको ब्याजबाट माध्यमिक तहका जेहेन्दार दुई छात्र र दुई छात्राले छात्रवृत्ति पाइरहेकोसमेत प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई