Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

सर्लाहीमा दुर्घटना परि एकको मृत्यु, दुई घाईते

By साझासवाल

माघ १३, सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाही खण्डको ईश्वरपुर नगरपालिकाको फूलजोरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ईश्वरपुर नगरपालिका–४ सागरनाथका ४९ वर्षीय अशोक भण्डारीको मृत्यु भएको सर्लाहीका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ४ ख ३५९५ नम्बरको ट्रिफर र विपरीत दिशाबाट आउँदै गरेको ज १ च १५१८ नं. को टाटा पिकअप गएराति ८ बजे आपसमा ठक्कर खाँदा पिकअपका चालक भण्डारी गम्भीर घाइते भएका थिए । उनलाई गढिमाई अस्पताल, लालबन्दीमा सामान्य उपचार गरी थप उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच, कौडेना गाउँपालिका–१ सुकचैनामा मोटरसाइकलले ठक्कर दिँदा १ बालक घाइते भएका छन् । बीआर ३० जी ५७१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा किशोरी पासवानका ५ वर्षीय छोरा आकाश पासवान घाइते भएका हुन् ।

घाइते बालकको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

त्यसैगरी, बागमती नगरपालिका–१ रायमाझी चोकमा बा. ४३ प. ४४०७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बाबुराम भुजेलका १२ वर्षीय छोरा विराज भुजेल घाइते भएका छन् । उनलाई नमूना अस्पताल हरिवनमा सामान्य उपचारगरि काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।