२४ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ्गका प्रहरी प्रमुख कुँवरको शुक्रबार बिदाई

१८ मंसिर २०७२, शुक्रबार ०३:२१

min bahadur kuwanrसन्तोषकुमार गुप्ता/मङ्सिर १८, भालुवाङ । ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मिनबहादुर कुवँर क्षेत्री हालै चितवनमा सरुवा भएको भन्दै शुक्रबार आज बिहान ८ बजे लालमटियामा बिदाई तथा सम्मान गरिने भएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाको बिहिबार लालमटियामा भएको बैठकले ईलाका प्रहरी कार्यालय भालुवाको कार्यक्षेत्रमा आफ्नो १७ महिने कार्यकालमा नागरिक संग हातेमालो गदै शान्ति सुरक्षा कायम देखि लालमटिया क्षेत्रको भौतिक विकास निर्माणमा अतुलनिय योगदान पु¥याएको भन्दै लालमटियामा एक कार्यक्रमको आयोजना गरी सम्मान तथा बिदाई गर्ने निर्णय गरेको हो ।

प्रहरी प्रमुख कँवरको कात्र्तिक ३० गते जुनियर प्रहरी शिक्षालय भरतपुर चितवनमा सरुवा भएको भन्दै बिदाई तथा सम्मान गर्न लागेको केन्द्रले जनाएको छ । यस्तै ईलाका प्रहरी कार्यालय भालुवाङ्ग नयाँ प्रहरी प्रमुखका रुपमा महानगरीय प्रहरी परिषद् काठमाडौँ हनुमानबाट मदन केसी सरुवा भएर आउन लाग्नु भएको छ ।

केन्द्रकी अध्यक्ष हिमाली न्यौपानेको अध्यक्षता भएको बैठकले शुक्रबार बिहान ८ बजे कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाको हलमा हुने कार्यक्रममा उपस्थीत भईदिन सम्पूर्ण लालमटिया गाविसमा कृयाशिल राजनितिकदल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, उद्योगी, व्यपारी, पत्रकार शिक्षण संस्थाका प्रमुख र सम्पूर्ण लालमटियाबासी आमाबुवा, दाजुभाई, दिदीबहिनीमा हार्दिक अनुरोध समेत गरेको छ ।

बैठकमा सेवा केन्द्रका सल्लाहकार युवराज न्यौपाने, कार्य समिती उपाध्यक्ष सन्तोषकुमार गुप्ता, सदस्यहरु सरस्वती पोख्रेल, शारदा भुसाल, भरत एमसी, ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी सहायक निरक्षक रोहित कुवरक्षेत्री, सामुदायिक प्रहरी अमृतकुमार कठायत, सन्तबहादुर पुन, महिला समाजसेवी मालिका आचार्य लगायतको उपस्थीत रहेको थियो । बैठकको सहर्जीकरण केन्द्रका सचिव उमेश अधिकारीले गर्नु भएको थियो ।

यस्तै ईलाका प्रहरी कार्यालय भालुवाङ्गबाट सरुवा भएर जान लाग्नु भएका प्रहरी प्रमुख मिनबहादुर कँुवरक्षेत्रीको बिदाई तथा महानगरीय प्रहरी परिषद् काठमाडौँ हनुमानबाट सरुवा भएर आउन लाग्नु भएका मदन केसीको स्वागतका लागि शुक्रबार भालुवाङ्गमा स्वागत तथा बिदाई कार्यक्रम गरिने भएको छ ।

बिहान ११ बजे ईप्रका भालुवाङ्गको प्रगाणमा हुने स्वागत तथा बिदाई कार्यक्रममा उपस्थीत भईदिन सम्पूर्ण लालमटिया गाविसमा कृयाशिल राजनितिकदल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, उद्योगी, व्यपारी, पत्रकार शिक्षण संस्थाका प्रमुख र सम्पूर्ण लालमटियाबासी आमाबुवा, दाजुभाई, दिदीबहिनीमा अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा काठमाडौँको टुसालमा बसको ठक्करबाट बृद्धाको मृत्यु लामिछानेको कसुरमा संलग्नता नरहेको अहिले नै भन्न सकिने अवस्था रहेन: चितवन जिल्ला अदालत डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतको आदेश कांग्रेसको प्रतिक्रिया- फेरि प्रधानमन्त्री हुन नसक्ने बुझेर प्रचण्ड बोलेका हुन् भारतमा वायुसेनाको विमान दुर्घटना कुरुवा बसेका व्यक्ति नै अस्पतालको शौचालयमा मृत फेला प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ: गृहमन्त्री लेखक भेरी नदीमा बेपत्ता दुईमध्ये एकको शव फेला चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो रविबारे प्रचण्डले भने- हिजो प्रधानमन्त्री अफर गरेकाहरू न्यायपालिकालाई धम्क्याएर सडाइछाड्ने षड्यन्त्रमा छन् कांग्रेसलाई प्रचण्डको प्रश्नः ओलीजीसँग सत्ता सहकार्यमा मात्रै हुनुहुन्छ कि राजनीतिक दृष्टिकोण नै परिवर्तन गरेको ? गृहमन्त्रीले अन्तर्जातीय विवाह तोड्न निर्देशन दिएर राज्यशक्ति दुरूपयोग गरेको सांसद नेपालीको आरोप अध्यक्ष प्रचण्डले सदनमा प्रधानमन्त्री ओलीलाई खोजेपछि… वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ प्रतिनिधिसभाको बैठक सुरु : अध्यादेश प्रस्तुत नगरिने ओली–देउवासँग उपेन्द्रले मागे मधेशको मुख्यमन्त्री ट्रम्पको धम्कीपछि मेक्सिकोले अमेरिकी सीमामा खटायो १० हजार सेना तरबारले केक काटेको भिडिओ सामाजिक सञ्जालमामा राख्ने ७ जना पक्राउ