२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

ईप्रका भालुवाङ्गमा प्रहरी प्रमुखको स्वागत तथा बिदाई

२०७२, १८ मंसिर शुक्रबार १०:०८

सन्तोषकुमार गुप्ता/ मंसिर १८, भालुवाङ्ग । बिगतमा ईलाका प्रहरी कार्यालय भालुवाङ्गमा आउने प्रहरी प्रमुखहरुले प्रहरी रबैया मात्र देखाउने तर नागरिकहरु संग खुलमिल हुन नसक्दा शान्ति सुरक्षाको पूर्ण प्रत्याभुति गर्न नपाएकाआज भालुवाङ्गमा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् ।

ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुखहरुको स्वागत तथा बिदाई कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन् । उनीहरुले बिदाई हुनु भएका प्रहरी प्रमुख कुँवरले जस्तै नागरिक संग हातेमालो गदै शान्ति सुरक्षा मात्र नभई समाजिक क्रियाकलापमा समेत नागरिकमैत्री आचारण अपनाउनु पर्ने बताएका थिए । साथै नागरिकले पुलिसी रबैया होईन नागरिकमैत्री प्रहरी खोजेको छ, यसो भए मात्र दिगो शान्ति सुरक्षा हुने बक्ताहरुको भनाई थियो ।
dang 1
ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मिनबहादुर कुँवरक्षेत्रीको अध्यक्षता एवम् सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङ्गका निमित्त गणपति मात्रिकाप्रसाद कोईरालाको प्रमुख आतिथ्यमा प्रहरी प्रमुखहरुको स्वागत तथा बिदाई गरिएको छ । ईप्रका भालुवाङ्गका प्रहरी प्रमुख कँुवरक्षेत्री हालै चितवनमा सरुवा भएको भन्दै बिदाई तथा महानगरीय प्रहरी परिषद् काठमाडौँ हनुमानढोकाबाट सरुवा भई आउनु भएका प्रहरी प्रमुख मदन केसीको स्वागत गरिएको हो । कुँवर गत साउन २ गते प्रहरी तालिम केन्द्र काठमाडौबाट ईप्रका भालुवाङ्गमा प्रहरी प्रमुखको रुपमा सरुवा भएर आउनु भएको थियो ।

प्रहरी प्रमुख कँवरको कात्र्तिक ३० गते जुनियर प्रहरी शिक्षालय भरतपुर चितवनमा सरुवा भएको छ । प्रहरी निरिक्षक कुँवर ईलाका प्रहरी कार्यालय भालुवाङको कार्यक्षेत्रमा आफ्नो १७ महिने कार्यकालमा नागरिक संग हातेमालो गदै शान्ति सुरक्षा कायम देखि भौतिक विकास निर्माणमा अतुलनिय योगदान पु¥याएको भन्दै उहाँलाई फुलमाला र मायाको चिनो सहित सम्मान तथा बिदाई गरिएको छ, भने भर्खरै सरुवा भएर आउनु भएका नयाँ प्रहरी प्रमुख मदन केसीलाई स्वागत समेत गरिएको छ ।
dang district

कार्यक्रममा बोल्ने बक्ताहरुले कार्यक्रममा नेपाली काँग्रेसका नुमानन्द सुवेदी, एमालेका शोभाकरण भुसाल, एमाओवादीका धर्मराज अधिकारी, फोरम लोकतान्त्रिकका गोरखनाथ कसौधन, राष्ट्रिय जनमोर्चाका होमप्रसाद शर्मा, राप्रपाका आलिमोहम्मद मियाँ, राप्ती सार्वजानिक यातायात व्यवसाय समितीका प्रशासनिक सचिव नारायण न्यौपाने, राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसी, सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाकी अध्यक्ष हिमाली न्यौपाने, सिसहनियाँका समाजसेवी तुलसीप्रसाद गौतम, पत्रकारद्धय सन्तोषकुमार गुप्ता र केशव बोहरा लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन प्रहरी साहायक निरिक्षक राजेन्द्रसिंह ठकुरीले गर्नु भएको थियो ।

dang

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै