2026-09-19 11:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ: संघीयताबारे बौद्धिक विमर्श

 माघ १४, बागलुङ | यहाँका जनप्रतिनिधि, राजनीतिकर्मी, नागरिक अगुवा, अध्यापक लगायतले संघीयता कार्यान्वयनमा सही विधि अपनाउनुपर्नेमा जोड दिएका छन् । 

धवलागिरि बहुमुखी क्याम्पसको समाजशास्त्र÷मानवशास्त्र विभागले शनिबार आयोजना गरेको ‘संघीयता, विकास र जनअपेक्षा’ विषयक बहस कार्यक्रममा सो कुरामा जोड दिइएको हो । संघीयताका राम्रा, नराम्रा दुवै पक्ष हुने हुँदा यसको कार्यान्वयनमा सावधानी अपनाउनुपर्ने सहभागीको भनाइ थियो । 

क्याम्पसको समाजशास्त्र÷मानवशास्त्र विभागका पूर्वप्रमुख मनबहादुर खत्रीले संघीयता संवेदनशील विषय भएकाले प्रक्रियासम्मत र जनअपेक्षाबमोजिम संघीयता अघि नबढे दुर्घटना निम्तिने बताउनुभयो । “संघीयताको सही व्यवस्थापन नभए मुलुक जातीय, क्षेत्रीय द्वन्द्वमा फस्न सक्छ”, उहाँले भन्नुभयो । 

नेपाल महिला संघकी जिल्ला अध्यक्ष शकुन्तला शर्माले संघीयताले नागरिकलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो । उहाँले नागरिकका अपेक्षा स्वाभाविक हिसाबले बढिरहेको भन्दै त्यसको परिपूर्ति अहिलेको प्रमुख चुनौती रहेको उल्लेख गर्नुभयो । 

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अम्मर थापाले आफ्नो पार्टीले असहमतिसहित संघीयता स्वीकारेको बताउनुभयो । 

नागरिक समाजका जिल्ला संयोजक काजी गाउँले श्रेष्ठले संघीयता आफैमा राम्रो, नराम्रो नहुने भन्दै यसको कार्यान्वयनको विधि प्रमुख रहेको बताउनुभयो । विधि र प्रक्रिया खराब हुँदा विश्वका कतिपय मुलुकमा संघीयता असफल भएको उहाँले दृष्टान्त दिनुभयो । सुशासन, पारदर्शिता, जनउत्तरदायी शासन प्रणाली जस्ता विषयसँग जोडेर संघीयतामाथि बहस हुनुपर्ने उहाँको तर्क छ । “संघीयता अभ्यासमा आएको छ, यसको परिणाम हेर्न बाँकी नै छ”, संयोजक श्रेष्ठले भन्नुभयो, “संघीयता आयो भन्दैमा अधिकार र विकास आइहाल्ने भन्ने हुँदैन ।” 

नागरिक अगुवा केवी रानामगरले संघीय व्यवस्थामा विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले विकासको स्वरुप बदल्नुपर्ने सुझाव दिनुभयो । विकासका अमूर्त कुरा र भाषण गरेर मात्र विकास नहुने भन्दै ठोस योजना बनाएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । चुनावमा जाँदा दलहरुले अनावश्यक आश्वासन बाँड्दा पनि नागरिकको आकांक्षा बढेको उहाँको बुझाइ छ । 

नेकपा (एमाले)का जिल्ला सचिव लालबहादुर थापाले संघीयताको व्यावहारिक कार्यान्वयनमा जोड दिनुभयो । उहाँले संविधानले निदृष्ट गरेअनुसार मुलुक संघीय संरचनामा गइसकेको भन्दै यसको सफल कार्यान्वयमा सबै लाग्नुपर्ने बताउनुभयो । बागलुङ नगरापलिका–२ का अध्यक्ष जीवन आचार्यले संघीयता कार्यान्वयनमा जनप्रतिनिधि बढी जिम्मेबार रहेको बताउनुभयो । 

उहाँले कम अनुभव र कतिपय नीतिगत अस्पष्टताले स्थानीय तहका जनप्रतिनिधिलाई काम गर्न कठिनाइ भइरहेको स्वीकार गर्नुभयो । अध्यक्ष आचार्यले स्थानीय तह अधिकार सम्पन्न रहेकोले जनअपेक्षा सम्बोधन गर्ने गरी काम गर्न आफूहरु तयार रहेको उल्लेख गर्नुभयो । विभागले बागलुङ नगरपालिका–१० भकुण्डेमा ‘संघीयता, विकास र जनअपेक्षा’ विषयमा प्राज्ञिक अध्ययन गर्ने तयारी पनि गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ