८ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा आर्थिक अभावले आठ महिनादेखि अस्पतालमा एम्बुलेन्स सेवा ठप्प

१४ माघ २०७४, आईतवार ०६:२४

माघ १४, पर्वत | विगत आठ महिनादेखि बिरामी बोक्ने जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रँदा सर्वसाधारण मर्कामा परेका छन् । 

जिल्ला अस्पतालमा रहेको एक मात्र एम्बुलेन्स बिग्रिएपछि बिरामी ओसारपसारमा समस्या भएको छ । विगत आठ महिनाअघि देखि एम्बुलेन्स बिग्रिएर थन्किएको छ । ५ वर्षअगाडि खरिद गरिएको एम्बुलेन्सका पाटपुर्जा बिग्रिएपछि आठ महिनादेखि मर्मतका लागि पोखरामा लगेर छाडिएको अस्पतालले जनाएको छ । 

पोखरास्थित सृजना अटो वर्कसपमा लगिएको एम्बुलेन्स मर्मतका लागि रु पाँच लाख खर्च लाग्ने जनाइएको छ । मर्मतका लागि कुनै निकायले रकमको व्यवस्था नगर्दा मर्मत नभएको जिल्ला अस्पताल विकास समितिमा कार्यरत नायब सुब्बा रघुनाथ रेग्मीले बताउनुभयो । “कुश्मानगरपालिका, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा पटक पटक पत्र पठाए पनि रकमको आश्वासन आएको छैन,” रेग्मीले भन्नुभयो, “रकमको अभावमा मर्मत गर्न नसकिएको हो ।” 

जिल्ला अस्पतालका प्रमुख डा बुद्धिबहादुर थापाले पनि मर्मतका लागि रकमको अभाव रहेको बताउनुभयो । अस्पतालमा अहिले दैनिक सयको हाराहारीमा बिरामी आउने गरेका छन् । बिरामीलाई यहाँ सम्भव नभएमा जिल्लाबाहिर पठाउनुपर्छ । पोखरा र बागलुङ रिफर गर्नुपर्ने बिरामीलाई भाडाका ट्याक्सीमा पठाउन भन्ने गरिएको जिविसका अध्यक्ष राधाकुमारी क्षेत्रीले बताउनुभयो । जिल्ला अस्पतालमा पर्वतसहित बागलुङका आधा दर्जन वडाका बासिन्दाले सेवा लिने गरेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकमा लोड भएको मार्बलले च्याप्दा एक मजदुरको मृत्यु, एक घाइते आज रातिदेखि आइतबार साँझसम्म मौसम खराब हुने सम्भावना भारतबाट फर्केपछि मन्त्री राणा- सरकारको सिस्टम नै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ चन्द्रागिरिको सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर आगलागीका घटनाबाट ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित चोरीका २७१ वटा मोबाइल, ९ ट्याब र १५ ल्यापटपसहित ७ जना पाकेटमार पक्राउ एक्सले हाल्यो भारत सरकारविरुद्ध मुद्दा धनुषामा प्रहरीकाे हवाई फायर दस जनाले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार उच्च अदालत परिसरमा रविलाई प्रश्न, तपाईं राजावादी हो, रास्वापा लाइन के हो? कैलालीको जंगलमा अनुमति बिनै १०० भन्दा बढी विदेशी नागरिकको बसोबास, प्रशासनको २४ घण्टे अल्टिमेटम विश्वकप छनोट: कोलम्बियालाई हराउँदै ब्राजिल दोस्रो स्थानमा काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले गराए उच्चमा निवेदन दर्ता मुलुक गम्भीर अवस्थामा छ, क्रान्तिका लागि तयार बनौं : रवि लामिछाने पर्सामा प्रहरीबाटै कुटिए वडाध्यक्ष एकै विद्यालयका ८ जना जुम्ल्याहा एसईई दिँदै युट्युब भिडिओ हेरेर एक युवकले आफ्नै पेटको शल्यक्रिया गरेपछि… बेलायतको सबैभन्दा ठूलो विमानस्थल २४ घण्टाका लागि बन्द ०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा छैन : प्रचण्ड इजरायलविरुद्ध हमासको जवाफी आक्रमण, तेल अभिभमा ३ मिसाइल प्रहार