2026-09-08 03:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा उपभोक्ता समितिमा बस्न लालपुर्जा चाहिने

माघ १४, सल्यान | सल्यानमा विकास निर्माणमा गठन हुने उपभोक्ता समितीमा बस्दा समेत लालपूर्जा चाहिने भएको छ । सामान्यतया, घरायसी काम वा सरकारी काममा प्रयोग हुने लालपुर्जा जिल्लाको कालिमाटी गाउँपालिकामा उपभोक्ता समितीको सदस्य बस्दा समेत चाहिने भएको हो । चालु आर्थीक वर्षमा लागू हुने गरेर नै कालिमाटी गाउँपालिकाको एक नम्बर वडाले यस्तो निर्णय गरेको हो । र यो नियमलाइ गाउँपालिकाभर नै लागु गरिने कालिमाटीका प्रमुख प्रशाशकीय अधिकृत हरि बहादुर खत्रीले बताए ।

‘जनतासंग जनप्रतिनिधी रेडियो वहस’ कार्यक्रममा वडा नम्बर एकका अध्यक्ष रविलाल वस्नेतले उपभोक्ताहरुलाई थप जिम्मेवार बनाई समयमै दिगो, गुणस्तरीय र प्रभावकारी रुपमा योजना निर्माण गरी सुशासनमा समेत प्रवद्र्धन गर्न जमानीको रुपमा उपभोक्ता समितिका पदाधिकारीहरुको लालपुर्जा राखीने निर्णय आफ्नो वडापालिकाले गरेको जानकारि दिएका थिए । उपभोक्ता समितिमा बस्दा समेत अनिवार्य रुपमा लालपुर्जा राख्नुपर्ने ब्यवस्था राम्रो भएको भन्दै अव गाउँपालिकाको सबै वडाहरुमा पनि यो व्यवस्था लागु गरिने प्रमुख प्रशाशकीय अधिकृत खत्रीले बताएका हुन् ।

विगतमा उपभोक्ता समितिमा बस्नका लागि तछाड मछाड गर्ने र दलिय भागबण्डाका आधारमा आउने भएकाले मनोमानी रुपमा काम गर्ने देखीएकोले एक नम्बर वडाले पाँच लाख भन्दा माथीको योजनामा उपभोक्ता समितीमा बस्ने सदस्यहरुलाइ लालपुर्जा राख्ने प्रवधान गराएको हो ।  राजनितिक आडमै उपभोक्ता समितिका पदाधिकारीहरुले डिजाईन अनुसार कामै नगर्ने, अटेर गर्ने, गुणस्तरीय काम नगर्ने लगायत समस्या देखीएकाले लालपुर्जा धितोको रुपमा राखेमा कामप्रति जिम्मेवार हुने र प्रभावकारी हुने जनाईएको छ ।

‘विगतमा उपभोक्ता समितिका पदाधिकारीहरु कामप्रति जिम्मेवार नभएको पाईएकाले यो अनिवार्य रुपमा लालपुर्जाको ब्यवस्था उपयुक्त देखिएको छ, प्रशासकीय अधिकृत खत्रीले भने, ‘तोके बमोजिम काम पुरा नभए लालपुर्जा फिर्ता हुने छैन् ।’ जिल्लाको कतीपय स्थानमा पैसा कमाउने लोभमा गुणस्तरहिन काम गरेर समितिका पदाधिकारीले ठेक्का दिने प्रचलन पनि रहेको छ ।

यसैविच कालिमाटी गाउँपालिकाले एक नम्बर वडालाइ बेसारमा आत्मनिर्भर बनाउने भएको छ । लक्ष्मीपुर क्षेत्रमा बेसार साम्रो उत्पादन हुने भएकाले किसानहरुलाइ आवश्यक सहयोग गरि बेसार उत्पादन बढाउने गाउँपालिकाको योजना छ । रेडियो कपुरकोट सल्यानले आयोजना गरेको ‘जनतासंग जनप्रतिनिधी रेडियो वहस’ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खत्री, वडा अध्यक्ष वस्नेत लगाएतकाले एक नम्बर वडालाइ बेसारमा आत्मनिर्भर बनाउनका लागी किसानहरुलाइ खेती प्रविधिबारे तालिम दिने, अनुदानमा गुणस्तरिय विउ दिने र कृषि प्राविधिकहरुको व्यवस्था समेत गर्ने प्रतिवद्धता जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ