2026-06-28 02:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटिया अखिल छैठौँ भेला सम्पन्न, अखिल छैठौँ, युवक संघ र रक्तिमको ईकाई समिती गठन

सन्तोषकुमार गुप्ता/ मंसिर २६, भालुवाङ्ग । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौँको लालमटिया गाविस स्तरिय भेला शनिबार लालमटियाको मसुरियामा सम्पन्न भएको छ ।

अखिल छैठौँ जिल्ला कार्य समिती दाङ्गको आयोजनामा भएको भेलामा बोल्ने बक्ताहरुले भारतले गरेको अघोषित नाकाबन्दीले विद्यार्थीले पढ्न पाउनु पर्ने अधिकारबाट बञ्जित हुनु परेको भन्दै नाकाबन्दी बिरुद्ध सम्पूर्ण देशभक्त विद्यार्थी आफ्नो अधिकारका लागि आन्दोलन गर्नुको विकल्प नरहेको बताएका छन् । अखिल छैठौँका जिल्ला सदस्य हरिनारायण चौधरीको अध्यक्षता एवम् अखिल छैठौँका पूर्व केन्द्रिय सचिव तथा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गणेश आचार्यको प्रमुख आतिथ्यमा भएको भेलामा अखिल नेपाल किसान संघका केन्द्रिय सदस्य प्रेमनारायण आचार्य, अखिल नेपाल बुद्धिजिवी संघका केन्द्रिय सदस्य तथा राष्ट्रिय जनमोर्चाका क्षेत्रिय अध्यक्ष केशवराज खनाल, अखिल नेपाल शिक्षक संघका जिल्ला सदस्य रामकृष्ण आचार्य, संघकै लालमटिया ईकाइृ अध्यक्ष माधव बेल्बासे, अखिल छैठौँका जिल्ला सचिव राजेन्द्र चौधरी र पैगतिशिल पत्रकार संघका जिल्ला सह—सचिव सन्तोषकुमार गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिऐ ।

भेलाले अखिल छैठौँ, अखिल नेपाल युवक संघ र रक्तिम सांस्कृतिक अभियानको लालमटिया ईकाई समिती समेत गठन गरेको छ । अखिल छैठौँ जिल्ला सल्लाहकार दिपक केसीको स्वागत मन्तव्यबाट शुरु भएको भेलाको सहर्जीकरण अखिल छैठौँ जिल्ला कोषाध्यक्ष धुब्र बेलबासेले गरेका थिऐ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी