नवलपरासी: कामविहीन बन्दै छोटी भन्सार

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
3 Min Read

पुरुषोत्तम सुवेदी / नवलपरासी, १४ माघ | नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा रहेका पाँच वटा छोटी भन्सार कार्यालयमध्ये महेशपुर छोटी भन्सारबाहेकका सबै छोटी भन्सार कामविहीन जस्तै भएका छन् ।

पाँच वटा छोटी भन्सार कार्यालयमध्ये एकमात्र महेशपुर भन्सार कार्यालय राजश्व संकलन गर्ने छोटी भन्सार कार्यालयका रुपमा स्थापित छ । अरु सबै छोटी भन्सार कार्यालयलाई राजश्व संकलनसम्बन्धी कुनै पनि काम गर्न स्वीकृति नभएपनि द्वन्द्वकालपछि महेशपुर भन्सार कार्यालयले मात्र पूर्णरुपमा सेवा सञ्चालन गर्दै आइरहेको छ ।

विष्णुपुरा, भुजहवाँ, झुल्नीपुर र त्रिवेणीमा रहेका छोटी भन्सार कार्यालय कार्यालयमध्ये केही जिर्ण छन् भने केही भाडामा छन् । ती कार्यालयले साना सवारी साधनको सुविधा (भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनलाई अस्थायी अनुमति) दिने काम मात्र गर्दै आएका छन् ।

भैरहवा भन्सार कार्यालयको मातहतमा सञ्चालित जिल्लाका ती अधिकांश भन्सार कार्यालयमा कुनै भौतिक सुविधा समेत छैन । जिल्लाकै सबैभन्दा महत्वपूर्ण र ठूलो मानिएको महेशपुर छोटी भन्सार कार्यालयको स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको वर्षौं बितिसक्दा पनि अहिलेसम्म पनि पुरा भएको छैन ।

महेशपुर नाका जिल्लाको मुख्य नाकाका रुपमा सञ्चालित छ । भन्सार कार्यालयको स्तरोन्नतिका लागि आवश्यक जग्गा अधिग्रहण, गोदाम, बाटोघाटो, भवनको संरचना, कर्मचारी दरबन्दी, खाद्य परीक्षण क्वारेन्टाइन चेकपोष्टलगायतका भौतिक संरचना नभएकाले उक्त कार्यालय पनि मूल भन्सार कार्यालयले गर्ने काम गर्नबाट वञ्चित हुँदै आएको छ ।

जिल्लाका यी पाँच वटै नाकाबाट मालसामान नेपाल भित्रने गर्छन् तर सबैको भन्सार महेशपुर नाकाबाट राजश्व संकलन गर्नुपर्ने बाध्यता रहिआएको नेपाल–भारत सीमा क्षेत्रका व्यापारीको भनाइ छ । सबै भन्सारबाट मालसामानको भन्सार संकलन गर्ने अधिकार माग गरिरहँदा भैरहवा भन्सारले भने महेशपुर छोटी भन्सार कार्यालयबाहेक कुनै पनि भन्सारलाई अनुमति दिएको छैन ।

नेपाल उद्योग वाणिज्य संघ जिल्ला शाखाको नेतृत्वमा जिल्लाका उद्योगी व्यवसायीले महेशपुर भन्सारलाई मूल भन्सारका रुपमा बनाउन लामो समयदेखि केन्द्रमा पहल गर्दै आएकाले यसबर्ष भने जग्गा अधिग्रहणको काम अघि बढाएको छ तर भन्सारका लागि गोदाम, बाटोघाटो, भवनको संरचना, कर्मचारी दरबन्दी आवश्यक पर्ने संघ जिल्ला अध्यक्ष भीमबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।

सदरमुकाम परासीबाट १३ किमी दक्षिणमा सो कार्यालयले जिल्लाका उद्योगी र व्यवसायीको चाहनाअनुसारको परिमाणमा मालवस्तु झिकाउन सकेको छैन । भैरहवा भन्सार कार्यालयको आलोपालो प्रणालीले स–साना परिमाणका मात्र मालसामान भित्रिइरहेको छ ।

जिल्लामा सयभन्दा बढी ठूला तथा मझौला उद्योग छन् । महेशपुर छोटी भन्सार कार्यालयको तत्काल स्तरोन्नति गरी मूल भन्सारसरह सेवा प्रदान गर्नु यस क्षेत्रको आवश्यकता भएको नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दवेन्द्रराज कँडेलले बताउनुभयो ।

भैरहवा भन्सार र वीरजगञ्जका भन्सार कार्यालय अत्यन्त व्यस्त र बढी परिवहन खर्च लाग्ने हुँदा महेशपुर भन्सारलाई नै विस्तार गर्न आवश्यक रहेको संघका पूर्व अध्यक्ष एवं प्रदेशसभाका सदस्य वैजनाथ जयसवालले बताउनुभयो ।

भारतको कलकत्ता बन्दरगाहाबाट नेपालमा सबैभन्दा छोटो दूरी महेशपुर नाका पर्ने भएकाले यसकोे स्तरोन्नतिमा ध्यान दिनुपर्ने उद्योग वाणिज्य महासंघ प्रदेश नं ५ का संयोजक गुणनिधि तिवारीले जोड दिनुभयो ।

यसबारे भैरहवा भन्सार कार्यालयका प्रमुख भूपालराज शाक्यले अहिले महेशपुर छोटी भन्सार कार्यालयबाहेक अन्य कुनै छोटी भन्सार कार्यालयलाई राजश्व संकलन गर्न अधिकार नरहेको जानकारी दिनुभयो ।

सीमा नाकामा एकद्वार प्रणालीबाट मूलद्वार अथवा मुख्य नाकाबाट मात्र आयात निर्यात गर्ने कार्यालयको रणनीतिअनुसार अन्य छोटी भन्सार कार्यालयलाई राजश्व संकलन गर्न स्वीकृति नदिएको उहाँले बताउनुभयो | रासस

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply