2026-09-12 10:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

झालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

माघ १६ जनकपुरधाम | प्रथम गणतन्त्रवादी शहीद दुर्गानन्द झालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरिएको छ । 

शहीद झाको ५५ औं बलिदान दिवसका अवसरमा दुर्गानन्द झा स्मारक निर्माण समितिद्वारा सोमबार यहाँ आयोजित समारोहका वक्ताले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल र दशरथ चन्दजस्तै दुर्गानन्दलाई सम्मान दिनुपर्ने धारणा राख्नुभयो । 

विसं १९९९ वैशाख १४ गते धनुषाको जटही गाउँमा जन्मनुभएका झाले विसं २०१८ माघ ९ गते राजा महेन्द्रमाथि बम प्रहार गरेकामा विसं २०२० माघ १५ गते फाँसी दिइएको थियो । 

समारोहमा वरिष्ठ अधिवक्ता युगलकिशोर लालले झाको बलिदानी गुलामीविरूद्ध भएको बताउनुभयो । प्रा हरेकृष्ण साहले झालाई प्रथम गणतान्त्रिक शहीद घोषणा नगरी शासक वर्गले द्वैध चरित्र प्रदर्शन गरिरहेको आरोप लगाउनुभयो । साहित्यकार रामस्वार्थ ठाकुरले सबै मिलेर शहीद झाको स्मारक निर्माण गर्नुपर्छ भन्नुभयो । 

गणतन्त्रको घोषणापछि विसं २०६५ असार ९ गते बौद्धिक समाजको सक्रियतामा भएको भेलाले वरिष्ठ पत्रकार राजेश्वर नेपालीको अध्यक्षतामा दुर्गानन्द झा स्मारक निर्माण समिति गठन गरिएको र समितिको मागअनुसार स्मारक निर्माण गर्न गुठी कार्यालयबाट जानकी मन्दिरको अगाडिको उद्यानमा जग्गा उपलब्ध गराइएपछि झाकी धर्मपत्नी काशीदेवीद्वारा साउन २१ गते शिलान्यास भएको थियो । 

शिलान्यासपछि २०६७ चैत ८ गते जनकपुर पुनरावेदन अदालतद्वारा सो स्थलमा स्मारक निर्माणमा रोक लगाइएका कारण निर्माण स्थगनमा रहेको छ । निर्माण समितिका अध्यक्ष नेपालीले स्मारक निर्माणमाथि लगाइएको रोक हालै खारेज भएको जानकारी दिँदै अब सबैको सद्भाव रहेमा झाको जन्मजयन्तीसम्ममा स्मारक निर्माण गर्न सकिने बताउनुभयो । 

समारोहमा रामरत्न यादव, तोयाराज घिमिरे, इन्द्र कुमार, उपेन्द्रभगत नागवंशी, श्रीनारायण साह, प्रेमविदेह ललन, अवधकिशोरप्रसाद र भोगेन्द्रलाल कर्णले झाको सपना र संघर्षबारे प्रकाश पार्नुभएको थियो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन