१० चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

झालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

१६ माघ २०७४, मंगलवार ०६:३६

माघ १६ जनकपुरधाम | प्रथम गणतन्त्रवादी शहीद दुर्गानन्द झालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरिएको छ । 

शहीद झाको ५५ औं बलिदान दिवसका अवसरमा दुर्गानन्द झा स्मारक निर्माण समितिद्वारा सोमबार यहाँ आयोजित समारोहका वक्ताले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल र दशरथ चन्दजस्तै दुर्गानन्दलाई सम्मान दिनुपर्ने धारणा राख्नुभयो । 

विसं १९९९ वैशाख १४ गते धनुषाको जटही गाउँमा जन्मनुभएका झाले विसं २०१८ माघ ९ गते राजा महेन्द्रमाथि बम प्रहार गरेकामा विसं २०२० माघ १५ गते फाँसी दिइएको थियो । 

समारोहमा वरिष्ठ अधिवक्ता युगलकिशोर लालले झाको बलिदानी गुलामीविरूद्ध भएको बताउनुभयो । प्रा हरेकृष्ण साहले झालाई प्रथम गणतान्त्रिक शहीद घोषणा नगरी शासक वर्गले द्वैध चरित्र प्रदर्शन गरिरहेको आरोप लगाउनुभयो । साहित्यकार रामस्वार्थ ठाकुरले सबै मिलेर शहीद झाको स्मारक निर्माण गर्नुपर्छ भन्नुभयो । 

गणतन्त्रको घोषणापछि विसं २०६५ असार ९ गते बौद्धिक समाजको सक्रियतामा भएको भेलाले वरिष्ठ पत्रकार राजेश्वर नेपालीको अध्यक्षतामा दुर्गानन्द झा स्मारक निर्माण समिति गठन गरिएको र समितिको मागअनुसार स्मारक निर्माण गर्न गुठी कार्यालयबाट जानकी मन्दिरको अगाडिको उद्यानमा जग्गा उपलब्ध गराइएपछि झाकी धर्मपत्नी काशीदेवीद्वारा साउन २१ गते शिलान्यास भएको थियो । 

शिलान्यासपछि २०६७ चैत ८ गते जनकपुर पुनरावेदन अदालतद्वारा सो स्थलमा स्मारक निर्माणमा रोक लगाइएका कारण निर्माण स्थगनमा रहेको छ । निर्माण समितिका अध्यक्ष नेपालीले स्मारक निर्माणमाथि लगाइएको रोक हालै खारेज भएको जानकारी दिँदै अब सबैको सद्भाव रहेमा झाको जन्मजयन्तीसम्ममा स्मारक निर्माण गर्न सकिने बताउनुभयो । 

समारोहमा रामरत्न यादव, तोयाराज घिमिरे, इन्द्र कुमार, उपेन्द्रभगत नागवंशी, श्रीनारायण साह, प्रेमविदेह ललन, अवधकिशोरप्रसाद र भोगेन्द्रलाल कर्णले झाको सपना र संघर्षबारे प्रकाश पार्नुभएको थियो ।  रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भेटी टिप्ने क्रममै विवाद भएपछि राईको हत्या नेपालमा एमसीसी परियोजनाले निरन्तरता पाउने, अमेरिकाले फेरि दियो अनुमति लेबनानमा इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु, २८ जना घाइते बेपत्ता भारतीय युुवक कालीगण्डकीमा मृत फेला पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको सभापति बन्न देउवाको सुझाव दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग कानुन उल्लंघन गर्नेमाथि कठोर बन्दै साउदी सरकार : एक हप्तामा २५ हजार अवैध आप्रवासी पक्राउ अमेरिकामा गोली चल्दा ३ जनाको मृत्यु, १५ घाइते करेन्ट लागेर गोरखामा एक जनाको मृत्यु सुशान्तको मृत्यु प्रकरण: सीबीआईले बुझायो अन्तिम प्रतिवेदन काठमाडौँमा बसले किच्दा एक व्यक्तिको मृत्यु बसको सिटमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो नाउपाको बैठकमा सीके राउतको सम्बोधन, रेशम र रञ्जिताबारे के भने ? भिम रावलले उठाए ओली नेतृत्वको सरकारले गरेका काममा प्रश्न प्याजको भाउ बढ्यो, कति पुग्यो किलोको? भक्तपुरमा ढुंगाले हिर्काएर एक पुरूषको हत्या तालिबानको दाबी- अमेरिकाले हाम्रा ३ नेताविरुद्ध घोषित इनाम हटायो पश्चिमी वायुको प्रभाव कायमै, वर्षा र हिमपातको संभावना के छ ? आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? ससुराली हिँडेका शिवशंकरको विभत्स हत्या, जंगलमा भेटियो शव