2026-07-25 12:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

राष्ट्रिय पुस्तक नीति ल्याउनुपर्नेमा जोड

माघ १६, पोखरा | शिक्षा राष्ट्र विकासको आधार भएकाले नेपालीमा पठन संस्कृतिको विकास आवश्यक रहेकामा जोड दिइएको छ । 

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको आज पोखरामा सम्पन्न ११औँ वार्षिक साधारणसभा एवम् विधान अधिवेशनका सहभागी वक्ताहरुले पाठक, लेखक र प्रकाशक सबै पक्षलाई समेटर राष्ट्रिय पुस्तक नीति ल्याउनुपर्ने धारणा व्यक्त गरे । 

साधारणसभाको उद्घाटन गर्दै नेकपा (एमाले)का नेता एवम् प्रतिनिधि सभा सदस्य रवीन्द्र अधिकारीले बिक्री–वितरण एवम् प्रशासनमा देखिएका विकृतिको अन्त्यका लागि सरोकारवाला सबैको चासो पुग्नु आवश्यक रहेको बताउनुभयो । 

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संघीय व्यवस्थाअनुसार अबका नीति बन्ने बताउँदै पुस्तक तथा स्टेशनरी व्यवसायीका सकारात्मक मागमा महानगरले सहयोगी भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । 

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका अध्यक्ष हरिप्रसाद अर्यालले विधान अधिवेशनले पाठक, लेखक, प्रकाशक तथा व्यवसायी सबैका हितलाई समेट्ने गरी विधान संशोधन गरिन लागेको जानकारी दिनुभयो । 

महासंघका पूर्वअध्यक्ष एवम् सल्लाहकार सभापति धनराज आचार्यले पुस्तकको खरिदकर्ता बढे पनि पठन संस्कृतिको विकास हुन नसकेको बताउनुभयो । 

साधारण सभामा मुलुकका ७७ जिल्लाका २०० प्रतिनिधिको सहभागिता रहेको महासंघका केन्द्रीय सचिव ऋषिराम शर्माले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक