2026-06-28 01:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

जोत्दै आएको आधा जमिन माग्दै १५ जिल्लाका गुठी किसान दाङमा

kishanसन्तोषकुमार गुप्ता/मङ्सिर २८, दाङ् । विभिन्न संस्थान तथा गुठीका जग्गा उपभोग गर्दै आएका किसानहरुको राष्ट्रिय भेला दाङमा सुरुभएको छ ।

गुठीको जग्गा कमाउदै आएका सैयौ किसानहरुको उपस्थितीमा घोराहीको झिगौरामा आईतबारबाट राष्ट्रिय भेला सुरु भएको हो ।

घोराहीको कर्मचारी मिलन केन्द्रमा जम्मा भएका सैयौँ किसानहरुले विशाल (याली गर्दै जिविस रोड हुदै जिल्ला प्रशासनको अगाडिबाट झिगौरा पुगेरका भेला आयोजना गरेका छन् । नेपालको ५८ जिल्लामा किसानहरु विभिन्न संस्थान र गुठीका जग्गा जोत्दै आएका छन् भने राष्ट्रिय भेलामा १३ जिल्लाबाट किसानहरु आएका छन् ।

जोतभोग र कुत तिर्दै आएको जग्गा मध्य आधा जग्गा किसानहरुले पाउनु पर्ने मुख्य माग गर्दै किसानहरुले दवाब (याली सँगै भेलाको आयोजना गरेको स्वर्गद्धारी गुठी पिडित किसान संघर्ष समितिका अध्यक्ष सहदेब थारुले बताउनुभयो ।

गुठी जग्गा रैकर गर्नु पर्ने, बक्यौता मिनाह गर्नुपर्ने, सुरक्षित घरबार हुनुपर्ने र आश्रम सञ्चालनको व्यवस्था सरकारले गर्नुपर्ने लगाएतका माग राख्दै आन्दोलन स्वरुप पनि भेला गरिएको थारुको भनाई छ ।

दाङ सहित दैलेख, डढेल्धुरा, बैतडी, पाल्पा, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, प्युठान, महोत्तरी सहित १५ जिल्लाका गुठी किसानहरुको भेलामा उपस्थिती रहेको छ ।

राष्ट्रिय भुमी अधिकार मञ्चका केन्द्रीय अध्यक्ष ल्यामबहादुर दर्जीको अध्यक्षता एवं राष्ट्रिय गुठी संस्थानका अध्यक्ष लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यतामा राष्ट्रिय भेलाको उद्घाटन गरिएको छ ।

तीन दिन सम्म चल्ने भेलामा अहिलेको अबस्थाको समिक्षा र अबको दवाव तथा आन्दोलनका बारेमा छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी