४ फाल्गुन २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

जोत्दै आएको आधा जमिन माग्दै १५ जिल्लाका गुठी किसान दाङमा

२८ मंसिर २०७२, सोमबार ०२:०४

kishanसन्तोषकुमार गुप्ता/मङ्सिर २८, दाङ् । विभिन्न संस्थान तथा गुठीका जग्गा उपभोग गर्दै आएका किसानहरुको राष्ट्रिय भेला दाङमा सुरुभएको छ ।

गुठीको जग्गा कमाउदै आएका सैयौ किसानहरुको उपस्थितीमा घोराहीको झिगौरामा आईतबारबाट राष्ट्रिय भेला सुरु भएको हो ।

घोराहीको कर्मचारी मिलन केन्द्रमा जम्मा भएका सैयौँ किसानहरुले विशाल (याली गर्दै जिविस रोड हुदै जिल्ला प्रशासनको अगाडिबाट झिगौरा पुगेरका भेला आयोजना गरेका छन् । नेपालको ५८ जिल्लामा किसानहरु विभिन्न संस्थान र गुठीका जग्गा जोत्दै आएका छन् भने राष्ट्रिय भेलामा १३ जिल्लाबाट किसानहरु आएका छन् ।

जोतभोग र कुत तिर्दै आएको जग्गा मध्य आधा जग्गा किसानहरुले पाउनु पर्ने मुख्य माग गर्दै किसानहरुले दवाब (याली सँगै भेलाको आयोजना गरेको स्वर्गद्धारी गुठी पिडित किसान संघर्ष समितिका अध्यक्ष सहदेब थारुले बताउनुभयो ।

गुठी जग्गा रैकर गर्नु पर्ने, बक्यौता मिनाह गर्नुपर्ने, सुरक्षित घरबार हुनुपर्ने र आश्रम सञ्चालनको व्यवस्था सरकारले गर्नुपर्ने लगाएतका माग राख्दै आन्दोलन स्वरुप पनि भेला गरिएको थारुको भनाई छ ।

दाङ सहित दैलेख, डढेल्धुरा, बैतडी, पाल्पा, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, प्युठान, महोत्तरी सहित १५ जिल्लाका गुठी किसानहरुको भेलामा उपस्थिती रहेको छ ।

राष्ट्रिय भुमी अधिकार मञ्चका केन्द्रीय अध्यक्ष ल्यामबहादुर दर्जीको अध्यक्षता एवं राष्ट्रिय गुठी संस्थानका अध्यक्ष लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यतामा राष्ट्रिय भेलाको उद्घाटन गरिएको छ ।

तीन दिन सम्म चल्ने भेलामा अहिलेको अबस्थाको समिक्षा र अबको दवाव तथा आन्दोलनका बारेमा छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झापामा प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला शान्दार मः म ग्यास विस्फोटमा थप एकको मृत्यु, मृतकको संख्या चार पुग्यो जलनमा परेका विष्णु र धनराजलाई भेट्न कीर्तिपुर पुगे राष्ट्रपति पौडेल आज एकैदिन दुई हजार ७०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? बिग्रिएर रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक बस्दै राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो रहने छ कार्यसूची ! थ्री बाई थ्री बास्केटबल प्रतियोगितामा भारतलाई हराउँदै नेपालले जित्यो उपाधि नयाँदिल्लीको रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ घाइते प्रतिनिधिसभा बैठक आज बस्दै, आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर मौसम: उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहारारा गोल्डकपको उपाधि सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ: अध्यक्ष प्रचण्ड ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश एमालेको निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल चयन, महासचिवमा अधिकारी सरकारको सात महिना बित्दा पनि मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे