Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा शहीद लखन थापाको शालिक निर्माण गरिने

२०७४, १७ माघ बुधबार ०३:४६

माघ १७, नवलपरासी । शहीद क्याप्टेन लखन थापा मगरको स्मृतिमा नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) कावासोती–१ हात्तीखोरमा रहेको पोखरीताल पिक्निकस्थलमा शालिक निर्माण कार्य शुरु गरिएको छ । 

शहीद दिवसका अवसरमा मंगलबार आयोजित एक कार्यक्रमबीच शालिकको शिलान्यास गरिएको हो । लखन थापामगर शालिक निर्माण मूल समितिका संयोजक एवं प्रदेश सभा सदस्य रोशनबहादुर गाहाको संयोजकत्वमा शालिक निर्माणका लागि शिलान्यास गरिएको थियो । 


शालिक निर्माण समितिका संयोजक एवं प्रदश सभा सदस्य गाहाले प्रजातन्त्र स्थापनाका लागि आफ्नो ज्यान आहुति दिने सम्पूर्ण शहीदलाई राष्ट्रले यथोचित सम्मान गर्न नसकेको गुनासो गर्नुहुँदै शहिदको बलिदानका कारण आज यस देशमा प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र स्थापना हुन सफल भएको बताउनुभयो । 

यसैगरी, सांसद गाहाले नेपाली जनतालाई न्यायको पाटोमा उभ्याउनका लागि र देश परिवर्तनका लागि प्रथम शहीद लखन थापाको योगदान सबैलाइ स्मरणीय रहोस् भन्ने उद्देश्यसहित प्रथम शहीद लखन थापा मगरको शालिक निर्माण गर्न लागिएको बताउनुभयो । 

महाराजा सामुदायिक वनअन्तर्गत रहेको पोखरीताल पिक्निक स्पटमा निर्माण गर्न लागिएको प्रथम शहीद लखन थापाको शालिक एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएकोसमेत संयोजक गाहाले जानकारी दिनुभयो । 

शहीद लखन थापा मगरको जन्म विसं १८९१ मा हालको गोरखा जिल्ला, बुङकोट–४ को काहुले भङ्गार (भञ्ज्याङ) मा भएको थियो । १९३३ फागुन २ गते उनलाई जंगबहादुर राणाले मृत्युदण्ड दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ