2026-09-19 05:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

जिल्लामा रगत आपुर्तिका लागि रक्तदान

raktadanसन्तोषकुमार गुप्ता/मङ्सिर २९, दाङ । स्वयंसेवी रक्तदाता समाजको आयोजनामा आज सोमवार घोराहीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपाल स्वंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १४४ औं पटक रक्तदान गर्नुभएको छ । नेपालका सबैभन्दा रक्तदान गर्ने व्यक्ति रहनुभएका समाजसेवी कर्माचार्य काठमाण्डौं बागबजार निवासी हुनुहुन्छ ।

तत्कालिन समयमा १६ वर्षको उमेरदेखी रक्तदान गर्न शुरु गर्नुभएका उहाँले हालसम्म स्वास्थ्यले साथ दिइरहेका कारण रक्तदानलाई निरन्तरता दिँदै आएको बताउनुभयो । ‘हाल म ५० वर्षको भए ।

त्यतिबेला १८ वर्ष हुनुपर्ने उमेरको हद थिएन । स्वस्थ भएका कारण मैले १६ वर्षकै उमेरमा रक्तदान शुरु गरेको हुँ, अध्यक्ष कर्माचार्यले भन्नुभयो, हालसम्म पनि स्वास्थ्यले साथ दिएका कारण रक्तदान गरिरहेको छु । हाम्रो शरिरमा रहेर पनि यत्तिकै खेर गइरहेको रगत अरु कसैका निमित्त जीवनदान हुन सक्छ भने किन रक्तदान नगर्ने ?’

नेपाल स्वयंसेवी रक्तदाता समाज दाङका अध्यक्ष जीतबहादुर केसीको अध्यक्षता तथा समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कर्माचार्यसहित ९ जनाले रक्तदान गर्नुभएको थियो ।

यसरी रक्तदान गर्नेहरुमा प्रेमसागर कर्माचार्य, रोशनमान श्रेष्ठ, राजीव शिल्पाकार, देविका घर्तीमगर, शरद अधिकारी, कृष्णकुमार चौधरी, रुद्रबहादुर डाँगी, यमलाल घिमिरे, लक्ष्मी अधिकारी रहनुभएको छ ।

कार्यक्रममा समाजका जिल्ला अध्यक्ष केसीले जिल्लामा पछिल्लो समय रगतको अभाव रहेको समयमा रगतको अभावलाई नियमित रुपमा कम गर्न रक्तदान गर्नुपर्छ भनेर जनचेतना अभिवृद्धि गर्नका निमित्त केन्द्रीय अध्यक्षलाई आमन्त्रण गरि रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

त्यस अवसरमा नेपाल रेडक्रस सोशाइटी रक्तसञ्चार केन्द्र दाङका इञ्चार्ज दिलिप न्यौपानले दाङमा प्रतिमहिना १ सय ५० देखी २ सय प्वाइन्ट रगत आवश्यक रहेको बताउँदै पछिल्ला केही समय रगतको अभाव केही रुपमा कम हुँदै गएको जानकारी दिनुभयो । कार्यक्रमको सहजिकरण नेपाल स्वयंसेवी रक्तदाता समाज दाङका सचिव थमन चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई