२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सांसद र ब्यवसायी धम्काउने ४ जना सार्वजनिक

२०७४, १८ माघ बिहीबार ०७:०८

माघ १८, पोखरा । सांसद र ब्यवसायी धम्काएर फिरौती असुली गर्ने ४ जनालाई कास्की प्रहरीले विहिबार सार्वजनिक गरेको छ । मुख्य योजनाकार नलबहादुर गुरुङ (शंकर) सहित अन्य तीनजनालाई कास्की प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । घर जग्गा व्यापारी कालु गुरुङ, कास्की क्षेत्र नम्बर २ ख का सांसद तथा व्यासायी विन्दुकुमार थापा र बोधराज गिरी सगँ ठुलो रकम माग गरी नदिए ज्यान मार्ने धम्की दिने ४ जना पक्राउ गरि सार्वजनीक गरेको हो । प्रहरीले मुख्य योजनाकार स्याङजा टक्सारका नरबहादुर गुरुङ भन्ने शंकर सहित अन्य ३ जनालाई सार्वजनीक गरेका हुन् । उनीहरुलाई अपहरण तथा शरिर बन्धक उद्योग मुद्धामा बुधबार नै जिल्ला अदालतबाट ५ दिनका लागि म्याद थप गरी अनुसन्धान थालिएको कास्कीका प्रहरी प्रमुख अशोक सिंहले बताए । पक्राउ पर्नेमा स्याङजा फेदी खोला घर भई हाल पोखरा ६ जरेवर बस्ने २६ वर्षिय अमृत खड्का, सोही ठाउँका २३ बर्षिय शिब कार्की र पर्वत कुस्मा १० घर भई पोखरा ६ जरेवर बस्ने २७ बर्षिय रामु सुबेदी पक्राउ गरेको हो । 


थापाले ज्यानको सुरक्षा माग गर्दै १ महिना अघि नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । बोधराज गिरीले पनि उजुरी दिएका छन् । ‘पुस १५ देखि निरन्तर धम्की आईरहेको थियो । दिनमा ५ पटकसम्म फोन आउने गरेको थापाले बताए ।  उनका अनुसार मनोज पुनको नाम लिएर तिनीहरुले फोन गरेका थिए । ‘मनोज पुनको मान्छे हुँ भन्दै बुटवलको घटना दोहोरिएला भनेर धम्क्याउँथे । कहिले नेपालबाट कहिले भारतबाट फोन आईरहन्थ्यो । अरु घटनामा संलग्न भए नभएको पनि अनुसन्धान भैरहेको कास्की प्रहरी प्रमुख अशोक सिंहले बताए । फरार मनोज पुनको नाम लिएर उनीहरुले फिरौती मागेको  अनुसन्धानको क्रममा खुलेको छ ।उनीहरुले कालु गुरुङ सगँ १० करोड रुपैया, विन्दुकुमार थापा सगँ २ करोड रुपैया रकम माग गरेका थिए ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी