2026-06-28 01:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पानीमा राजनिति गर्न नहुनेमा जोड

सन्तोषकुमार गुप्ता/ मंसिर २९, देउखुरी । देउखुरीको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको ११ औं वार्षिक साधारण सभा तथा पाचौं अधिवेसनको सामेवार उद्घाटन गरिएको छ । साधारण सभाको उद्घाटन गर्दै साना सहरी खानेपानी आयोजना ब्यवस्थापन कार्यालयका आयोजना निर्देशक तिरेश प्रसाद खत्रिले उपभोक्तालाई गुणस्तरीय पानी उपलब्ध गराउन प्रतिवद्ध रहेको वताउनु भयो ।

संस्थाका अध्यक्ष कर्णबहादुर वुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्ने वक्ताहरुले पानीमा राजनिति नगर्न अनुरोध गरेका छन् । उनिहरुले उपभोक्तालाई सर्वसुलव र गुणस्तरीय खानेपानी उपलब्ध गराउन खानेपानी संस्था जिम्मेवार भएर अघि वढ्नुपर्ने धारणा राखेका हुन् । जनसंख्या वढ्दै जाँदा वन प्रति उपभोक्ताको वढ्दो चाप र उद्योगहरु खुल्ने क्रम वढेपछी पानीको श्रोत सुक्दै जान थालेको प्रति चिन्ता ब्यक्त गरिएको छ । पानीको श्रोत संरक्षणका लागी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।
pani
कार्यक्रममा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख जगतनाथ पूर्वे, चैलाही गाविसका पूर्व अध्यक्ष रेवतीरमण शर्मा, नेपाली काङ्ग्रेसकी गिरीजा न्यौपाने, नेकपा एमालेका कुलबहादुर केसी, एकिकृत नेकपा माओवादीका लेखराज रेग्मी, राप्रपा नेपालका विनोद कुमार केसी, राष्ट्रिय जनमोर्चाका पदमप्रसाद गोराथोकी, नेकपा माओवादीका ओमप्रकास सुवेदी(सागर), लमही नगर विकास समितिका अध्यक्ष घनश्याम सुवेदी, घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष देविबहादुर डिसी, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वली, मैनतारा खानेपानी संस्थाका अध्यक्ष टिकाराम खड्का, नारायणपुर खानेपानी संस्थाका अध्यक्ष कुलराज रजौरे, लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका संस्थापक अध्यक्ष विम बहादुर केसी, सिचुवान चन्द्रा एण्ड वसन्त नागार्जुन जेभीका प्रमुख गणेश चन्द, उपभोक्ता नुमाकान्त दाहाल, पत्रकार चुमा आचार्य लगाएतका वक्ताहरुले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
सभामा संस्थाका सचिव तिलक न्यौपानेले प्रगती र कोषाध्यक्ष सुमन पौडेलले आर्थिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष दिलीपराज खनालको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव तिलक न्यौपानेले गर्नु भएको थियो । नयाँ कार्यसमित चयनकालागी मंगलवार विहान ११ बजे सत्यसाई चलचित्र मन्दिरमा वन्द सत्रको आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी