पढ्न करिब 2 मिनेट लाग्छ

टेकबहादुर शाही/माघ १८, डोल्पा । डोल्पामा हिमपात पछि चिसौ ह्वात्तै बढेको छ ।

गएको बुधबार राती परेको हिमपात पछि डोल्पामो तापक्रम माइनस ८ सम्म पुग्ने गरेको स्थानीय कर्णबहादुर शाहीले बताए । उनले भने- 'आफुले राखेको निजी तपक्रम नाप्ने मेसिनले डोल्पाको तापक्रम दैनिक घट्दो रहेको र अझै केहि दिन माइनस हुने बताए ।

लामो समय पछि हिमपात भएर रमाएका कृषकलाइ चिसोेले फेरि समस्यामा पारेको छ । कृषकले प्लाष्टिक घरमा राखेको तरकारीका बिरुवा समेत हिमपात पछिको चिसोले खाएको कृषक रामकर्णि लामाले बताइन । उनका अनुसार मिपात हुनु भन्दा पहिला प्लाष्टिक घरमा लागाएको तरकारी हिमपात पछिको चिसोले सुकेर सबै बिरुवा मरेको जानकारि दिइन ।

हिमपात पछि जमिनमा मलिलो थपिने आसा बोकेका कृषकहरु चिसो बढे पछि फेरि चिन्तित भएका छन । कार्तिक र मँसिरमा लगाएको बालि सुक्न लागेको तरकारी सबै सुकेको कृषकहरु बताउछन ।

बाहिरबाट पानि हाल्न मिल्दैन पानि हालेमा जमेर बरफ बन्छ तर तरकारी र खेतको बालि सुकेर गइ सक्यो मौसमले खेलवाड गरेको दुखेसो कृषक पोख्छन ।

लामो समयको हिमपात पछि चिसो दैनिक बढेकोले सामान ढुवानी गरेको कार्टुनहरु बालेर चिसो छल्ने गरेको पसले हर्जुन केसिले बताए । साझ र बिहान अत्याधिक चिसो बढेको छ पसलमा बसेर ब्यापार गर्न सकिदैन कार्टुन जम्मा गरेर आगो ताप्ने उनले बताए ।

दुनै बजारमा दर्जनौ ठाउमा बिहान बेलुकी आगो तापेर ब्यापार गरि रहेका छन । हिमपात पछि चिसो बढ्दै गएकोले साना वालबालिका र बृद्धाहरुलाइ न्यानो कपडा लगाइ घरमा नै बस्न र झोलिलो खानेकुरा खान चिकित्सकले सल्लाह् दिएका छन ।

चिसोले सबैलाइ बिरामी पार्ने भए पनि सबै भन्दा बढि बालवालिका र बृद्धाहरुलाइ कठिन हुने भएकोले न्यानो गरेर बस्न डक्टरले सबैलाइ आग्रह गरेका छन ।

चिसौ बढेसँगै खानेपानिका पाइपहरुमा पानि जमेको छ भने जिल्लाका माथिल्ला भेकहरुमा खाने तेल समेत जमेको स्थानीयहरु बताउछन ।

मँसिर,पुसको महिनामा भन्दा माघ महिनाको हिमपात पछि चिसो अत्याधिक मात्रमा बढेको स्थानीयको दावी रहेको छ । चिसोले दैनिक काममा समेत बाधा पुगेको स्थानीयहरुले बताएका छन ।