Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कर्णालीकै पहिलो सिडिओ कर्णालीमा

By साझासवाल 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

टेकबहादुर शाही | माघ १८, डोल्पा । कर्णाली अञ्चलबाटै पहिलो प्रमुख जिल्ला अधिकारी बनेका भुपेन्द्र थापाले कर्णालीकै डोल्पा जिल्लामा आफनो कार्यभार सम्हलेका छन । कर्णालीको जुम्लामा जन्मीएका भुपेन्द्र थापाले कर्णालीकै डोल्पा जिल्लामा बिहिबार प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हलेका हुन ।

जुम्लामा जन्मीएर पहिलो पटक आफनै कर्णालीको डोल्पा जस्तो सुन्दर जिल्लामा आएर प्रमुख जिल्ला अधिकारी भइ जनताको सेवा गर्ने मौका पाएकोमा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले खुसि ब्यक्त गरे । उनले भने म डोल्पामा रोजेर आएको हु यसमा म खुसि छु ।

जिल्ला प्रशासन कार्यालय डोल्पामा स्वागत कार्यक्रमा सञ्चारर्मिहरुसंग बोल्दै थापाले भने गृहमन्त्रालय देखि अन्य अधिकांश मन्त्रालयमा बसेर जनताको सेवा गरेको अनुभव राम्रै भएकोले डोल्पामा शुसानलाइ कायम गरि जनताको सेवामा गुणस्तरता ल्याउने प्रतिबद्धता गरे ।

एक फरक प्रसङ्गमा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने जिल्लाका सबै तहका कर्मचारीहरु स्थानीयत तहमा नभएको भन्ने जानकारी लिखित तथा मौखिक रुपमा आएकोले अब तत्काल आकष्मिक बैठक बसि कर्मचारिहरुलाइ स्थानीयत तहमा जनताको सेवामा लाग्न निर्देशन दिने बताए । उनका अनुसार जिल्लामा भएका कर्मचारीहरुलाइ आफुले तत्काल स्थानीय तहमा पठाउने र थप कर्मचारीहरुका लागि स्थानीय बिकास मन्त्रालय लगायत अन्य सम्बन्धीत सबै पक्षसंग समन्वय गरि समाधानको पहल गर्ने बताए ।

जिल्लामा शुसानलाइ कायम गर्दै जनताको सेवामा प्रभाबकारी बनाउन सञ्चारकर्मिहरुको भुमिका मह्त्वपूर्ण रहने भन्दै जिल्लामा रहेका सबै सञ्चारकर्मिहरुलाइ सत्य र तथ्य सुचनाहरु प्रबाह गरि शुसान कायम गर्न सहयोग गरिदिन आग्रह गरे । प्रमुख जिल्ला अधिकारी थापाले कार्यलयमा हाजिर गर्ने बित्तिकै नागरकिलाइ नागरिक्ता प्रदान गर्न पाउदा शुभ कार्यको शुभारम्भ भएको बताए ।

कर्णालीकै हुम्लाबाट २०६९ सालमा खरिदारको जागिरबाट नेपाल सरकारका कर्मचारि बनेका भुपेन्द्र थापा सोलखुम्बुमा ३ महिना प्रमुख जिल्ला अधिकारी बनेर गृहमन्त्रालय हुदै कर्णालीकै डोल्पा जिल्लामा पहिलो पटक पूर्ण जिम्मेवारीका साथ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन । भौगोलिक रुपमा ठुलो जिल्ला डोल्पामा आएर प्रमुख जिल्ला अधिकारी भइ जनताको सेवा गर्न पाउन निजामति क्षेत्रको सेवामा ठुलो अबसर भएको बउनले बताए । उनले भने जनताले कुनै पनि सेवाको कमि भएको महसुस गर्न नपाउने गरि सबै क्षेत्रमा सेवालाइ प्रभबकारी बनाउने बताए ।

छोटो समयमा धेरै अनुभवहरु भएकोले जनाताको करबाट आफुले पारिश्रमीक खाने हुदा जनताको सेवामा कुनै पनि समस्याहरु आउन नदिने थापाले बताए । अख्तियार देखि गृहमन्त्रालय सम्मको अनुभब रहेकोले जनतालाइ सेवा कसरि प्रभाबकारी बनाउन सकिन्छ भन्नेकुरा मह्त्पूर्ण हुने बताए ।

आफुले जिल्लामा प्रशासकको रुपमा रहदा सम्म सुरक्षा लगायत अन्य सबै क्षेत्रमा जनताले महसुस गर्ने खाले सेवाको ब्यवस्थापन गर्ने बताए । कर्णाली अञ्चलकै प्रमुख जिल्ला अधिकारी जिल्लामा पाए पछि केहि परिवर्तनको अनुभुति गर्ने अपेक्षा राखेको प्रजिअ थापाको स्वागत कार्यक्रममा पुगेका नागरिकले बताए ।