2026-09-19 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटिया खानेपानी समितीको साधारणसभा सम्पन्न

सन्तोषकुमार गुप्ता, पुस ४, भालुवाङ्ग  ।
दुई वटा खानेपानी समिती एउटै वडामा उपभोक्ता अन्र्योलमा, एउटै समिती बनाउन सुझाव
एउटै वडामा स्थापना भएका दुई वटा खानेपानी उपभोक्ता समितीले उपभोक्तालाई सेवा प्रभाव गर्दा प्रतिपद्धा हुने भन्दै लालमटियाका उपभोक्ताहरु एउटै समिती बनाएर काम गर्न सुझाव दिएका छ ।

लालमटिया खानेपानी तथा सरसफाई उपभोक्ता समिती लालमटियाको सोमबार लालमटियाको धार्मिक तथा पर्यटकीय स्थल हर्षे डाँडामा भएको १० औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिवेशन उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले यस्तो सुझाव दिएका हुन् । उनीहरुले दुई वटा खानेपानी समिती एउटै कार्यक्षेत्रका उपभोक्ताहरुलाई पानी पु¥याउन कार्य थालेको भन्दै आफूहरु अन्र्योलमा परेको बताएका छन् । विकास गर्न एउटै उद्देश्य भएका समिती एउटै वडामा विभाजन भएर नभई एउटै समिती मार्फत सेवा प्रभाव गर्न सके मात्र सकरात्मक विकास हुने भन्दै उनीहरुले एक हुनुको बिकल्प नरहेको बताएका छन् ।

समितीका अध्यक्ष गुरुप्रसाद ज्ञवालीको अध्यक्षता एवम् ऐरावती आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यमा भएको बार्षिक साधारणसभा तथा अधिवेशन उद्घाटन समारोहमा समितीका सचिव शोभाकान्त न्यौपानेले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष गिता शर्माले आर्थिक बर्ष २०७१÷०७२ को १५ लाख १ हजार २१ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत प्रसतुत गरेका थिए । संस्थाले आर्थिक बर्ष २०७१÷०७२ मा २२ लाख ४८ हजार ५ सय ११ आम्दानी गरेको छ भने १४ लाख १० हजार ८ सय ८३ रुपैयाँ खर्च भएको र ८ लाख ३७ हजार ६ सय २८ रुपैयाँ बचत गर्न सफल छ ।

समितीकी सदस्य कल्पना आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जोहरमान मियाँ, वार्ड नागरिक मञ्चकी अध्यक्ष शारदा भुसाल, पशुबद्धाश्रम तथा गिद्ध संरक्षण केन्द्रका संयोजक यामबहादुर रोका, सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाका उपाध्यक्ष तथा सञ्चारकर्मी सन्तोषकुमार गुप्ता, उपभोक्ता युवराज न्यौपाने र रमेशमान गु्रुङ्ग लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन समितीका सचिव शोभाकान्त न्यौपानेले गरेका थिए ।

सभाको बन्दसत्रले पुन ः गुरुप्रसाद ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय पुरानै कार्य समितीलाई निरन्तरता दिने निर्णय गरेको छ । जसको उपाध्यक्षमा गोपालबहादुर खत्री, सचिवमा शोभाकान्त न्यौपाने र कोषाध्यक्षमा गिता शर्मा रहेका छन् । त्यस्तै समितीको सदस्यहरुमा मालिका आचार्य, हिरे बुढा, टेकबहादुर रावत, सावित्रा पाण्डे, जिवा घिमिरे, रणबहादुर न्यौपाने र कल्पना आचार्य रहेका छन् । ज्ञवाली समिती स्थापना भए देखि हाल सम्म अध्यक्ष पदमा रहेर काम गदै आएका छन् ।

सभाले खानेपानीको प्रयोगमा आएको टंकी कजोर भएकोले नयाँ ट्याङ्खी निर्माण गर्न तथा उपभोक्ताहरुलाई स्वच्छ पानी पु¥याउन डिप ट्यूबेल निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने, नयाँ उपभोक्ता प्रबेश शुल्कमा ५ सय बृद्धि गरी ३ हजार ५ सय लिने, नयाँ निजी धारा जडान शुल्कमा समेत बृद्धि गरी ९ हजार ५ सय लिने निर्णय गरेको छ । त्यस्तै सभाले १२ हजार लिटर पानी प्रयोग सम्मका लागि न्युनतम शूल्क १ सय र अधिकतम शूल्क १५ रुपैयाँ निधारर्ण गरेको छ । खानेपानी वितरण प्रभावकारी तथा व्यवस्थीत बनाउन एक जना मर्मत सहयोगी नियुक्ति गर्ने, सबै कर्मचारीमा ५ सयका दरले तलब तथा अन्य सेवा सुविधामा बृद्धि गर्ने निर्णय गरेको छ । सपभोक्ताहरुको नामसारी र ठाउँसारी बाफत ५÷५ शुल्क लिने समेत निर्णय गरेको छ ।

तत्कालिन राप्ती ग्रामिण विकास परियोजना दाङ्गले लालमटियामा खानेपानीको संरचना निर्माण संगै नेवा संस्था र मानव कल्याणको संयुक्त लगानी निर्माण सम्पन्न गरी वि.सं. २०६० साल बैशाख १ यस लालमटिया खानेपानी मर्मत संम्भार समिती तथा हाल लालमटिया खानेपानी तथा सरसफाई उपभोक्ता समितीलाई उक्त संरचना हस्तान्तरण गरेको थियो । हाल यस समितीबाट लालमटिया गाविसका वार्ड नम्बर ४ लालमटिया र वार्ड नम्बर ७ बराखुट्टीका जम्मा ४ सय ५० घरधुरीले स्वच्छ खानेपानी प्रयोग गदै आएका छन् । यस समितीको सेवाबाट १० हजार बढी उपभोक्ता प्रत्यक्ष लाभन्दित समेत भएका छन् ।

यस्तै लालमटिया —४ र ७ नम्बर वार्डलाई कार्यक्षेत्र बनाएर बृहत्त खानेपानी तथा सरसफाई उपभोक्ता समिती लालमटियाले पनि ती दुई वडाका उपभोक्ताहरुलाई स्वच्छ खानेपानी पु¥याउन संरचना निर्माण कार्य तथा पाईप लाईन बिस्तार कार्य तीब्र पारेको छ । यसरी एउटै वडामा स्वच्छ पानी पु¥याउन दुई वटा समितीले आफ्नो कार्यलाई तीब्रता दिंदा उपभोक्ताहरु भने अन्र्योलमा परेको उपभोक्ताहरुको भनाई छ । बृहत्त खानेपानी समितीले एक बर्ष भित्रै लालमटिया —४ र ७ नम्बर वार्डका उपभोक्ताहरुलाई खानेपानीको धारा बितरण गर्ने समितीका अध्यक्ष कृष्णबहादुर गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई