2026-09-19 05:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नेपाल पत्रकार महासंघ दाङको २३ औं स्थापना दिवस सम्पन्न

सन्तोषकुमार गुप्ता/ पुस ४, दाङ्ग । नेपाल पत्रकार महासंघ दाङको २३ औं स्थापना दिवस शनिबार दाङ्गको घोराहीमा सम्पन्न भएको छ । महासंघ दाङ्गका अध्यक्ष सुदिप गौतमको अध्यक्षता एवं संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंका केन्द्रीय सदस्य अजयदिप शर्मा र दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारिताको विकास नहुँदासम्म कुनै पनि क्षेत्रको विकास हुन नसक्ने बताएका छन् । उनीहरुले दाङको पत्रकारीता मर्या्दित रहेको चर्चा गर्दै आफ्नो साँख र जिम्मेवारीलाई नभुल्न समेत आग्रह गरेका छन् ।
dang
महासंघकी उपाध्यक्ष लक्ष्मी आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल प्रेस युनियन दाङका अध्यक्ष सुशील बस्नेत, प्रेस चौतारी नेपाल दाङका अध्यक्ष टीका बस्नेत, क्रान्तिकारी पत्रकार संघ दाङका अध्यक्ष नरेन्द्र केसी, क्रान्तिकारी पत्रकार दाङका संयोजक प्रकाश चौधरी, क्रान्तिकारी पत्रकार संगठन दाङका अध्यक्ष जानकी दहित, संकल्प महिला संस्था दाङकी अध्यक्ष लिला शाह, सञ्चारिका समूह दाङकी अध्यक्ष नारायणी रजौरे लगायतले बोल्नु भएको थियो । स्थापना दिवस तथा साधारणसभाको अवसरमा महासंघले चारजना पत्रकारलाई पुरस्कृत र दुईजना पत्रकारका साथै महासंघमा पुरस्कार अक्षयकोष स्थापना गर्ने सबै संस्थापकहरुलाई सम्मान गरको छ । जसअनुसार अबिराम पत्रकारिता पुरस्कार अग्रज पत्रकार सुशील गौतमलाई, वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार दशरथ घिमिरेलाई, महिला सिर्जनशील पत्रकारिता पुरस्कार सपना बोहरालाई, यज्ञबहादुर बुढाथोकी स्मृति पत्रकारिता पुरस्कारबाट दधिराम सुवेदीलाई र विशेष प्रोत्साहन पत्रकारिता पुरस्कारबाट निशानदाजु भट्टराईलाई पुरस्कृत गरेको छ ।

त्यस्तै पत्रकार रामप्रसाद पौडेल र निमबहादुर थापाका साथै नेपाल पत्रकार महासंघ दाङ शाखामा पुरस्कार अक्षयकोष स्थापना गर्ने नारायणप्रसाद शर्मा, टीकाराम रेग्मी, खगराज लोहनी, सुदर्शन रिजाल÷राधा रिजाल, दामोदर सुवेदी, सर्व्िजत ओली, शिवहरि मरहट्ठा, रामप्रसाद जैशी ÷नारदमणि पोख्रेल, उत्तमकुमार श्रेष्ठ, नारायणी रजौरे र मनोज बुढाथोकीलाई सम्मान गरेको छ । महासंघको हलमा भइरहेको स्थापना दिवसको कार्यक्रममा जिल्लाका संघसंस्था र प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई