2026-07-25 08:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा गाउँ बाहिरकाले टेण्डर हालेको भन्दै गाउँपालिका कार्यालय तोडफोड

माघ १९, नवलपरासी । नदीजन्य वस्तुको निकासीका लागि बाहिरका मान्छेले ठेक्का हालेको भन्दै स्थानीय वासिन्दाले नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका कार्यालयमा तोडफोड गरेका छन् ।

विनयी खोलाबाट नदीजन्य वस्तु निकासीका लागि कोटेशन भर्ने क्रममा गाउँपालिका बाहिरकाले ठेक्का हालेको भन्दै उनीहरुले तोडफोड गरेका हुन् ।

बिहीबार चितवनको एउटा कम्पनीले टेण्डर भरेपछि शुक्रबार स्थानीयले विरोध गर्दै तोडफोड गरेका हुन् । उनीहरुले स्थानीयले मात्रै टेण्डर हाल्न पाउनु पर्ने माग गरेका छन् ।

तोडफोडपछि ठेक्का रद्द गरिएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले बताए । नदीजन्य वस्तुको निकासीका लागि ठेक्का लगाउन शुक्रबार अन्तिम दिन हो । स्थानीयले तोडफोड गरेर बलजस्ती गरी कागजपत्र नियन्त्रणमा लिएपछि ठेक्का रद्द गरिएको हो ।

तोडफोडबाट ३ वटा झ्यालको सीसा फुटेको गाउँपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्रप्रसाद बस्यालले बताए ।

स्थानीयले ढोकाको ताला फोडी कागजपत्रसमेत नियन्त्रणमा लिएका छन् । प्रशासकीय अधिकृत बस्यालले अब पुन प्रक्रिया गरेर ठेक्का खोलिने बताए ।

विनयी खोलाको बालुवा, गिटी र ढुंगा निकासीका लागि गाउँपालिकाले खोलालाई ६ खण्डमा विभाजन गरी न्युनतम एक करोड २४ लाख रुपैयाँमा टेण्डर आहृवान गरेको थियो ।

नवलपुरासी पूर्वमा अहिले धमाधम खोला तथा नदीको नदीजन्य वस्तुको निकासीका लागि ठेक्का खुलेको छ । जसमा कावासोतीको केरुङे खोला र मध्यविन्दु नगरपालिकाको अरुणखोलामा ठेक्का स्वीकृत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक