<p><b>माघ २०, नवलपरासी ।</b> नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । <br></p><p>बर्दघाट नगरपालिका २ चिसापानीमा गएराति पौने १ बजे, ना ६ ख ४७९८ नम्बरको ट्रकले लु १ ब ११२४ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।</p><p>मृतकको नाम खुल्न सकेको छैन । दुर्घटनामा संलग्न दुबै सवारी साधन नियन्त्रणमा लिएको र ट्रक चालक फरार रहेकाले खोजिकार्य भैरहेको ईलाका प्रहरी कार्यलय बर्दघाटले जनाएको छ । </p>
February 3, 2018
नवलपुर - NWL, समाज
नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
By kit
1 मिनेट पढाइ










