माघ २०, दोलखा । स्टालिन श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन गर्दै सामुदायिक मेलमिलापकर्ता समाज नेपाल जिल्ला शाखा दोलखाको प्रथम जिल्ला अधिवेशन आज चरिकोटमा सम्पन्न भएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २०, दोलखा । स्टालिन श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन गर्दै सामुदायिक मेलमिलापकर्ता समाज नेपाल जिल्ला शाखा दोलखाको प्रथम जिल्ला अधिवेशन आज चरिकोटमा सम्पन्न भएको छ ।

2026-09-19 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

मेलमिलापकर्ता समाज नेपाल दोलखाको अध्यक्षमा स्टालिन श्रेष्ठ

माघ २०, दोलखा । स्टालिन श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन गर्दै सामुदायिक मेलमिलापकर्ता समाज नेपाल जिल्ला शाखा दोलखाको प्रथम जिल्ला अधिवेशन आज चरिकोटमा सम्पन्न भएको छ ।


समितिको उपाध्यक्ष लक्ष्मीडोल्मा तामाङ, सचिव ताराबहादुर महत र कोषाध्यक्ष चुडाबहादुर श्रेष्ठ चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा जयप्रसाद शिवाकोटी, केशान्ति बुढाथोकी, मिना बस्नेत, आङिमा शेर्पा र प्रेमबहादुर कार्की रहनुभएको छ ।

अधिवेशनको उद्घाटन भीमेश्वर नगरपालीकाको स्थानिय न्यायिक समितिका संयोजक कमला बस्नेतले गर्नुभएको थियो । जिल्लामा रहेका मेलमिलापकर्ता र न्यायिक समिति मिलेर समुदायमा शान्ति स्थापनाका लागि काम गर्ने संयोजक बस्नेतले बताउनुभयो । त्यसैगरी कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य मुरारी शिवाकोटीले मेलमिलापकर्ताहरुले न्यायको प्राथमिक अदालतको रुपमा रहेको मेलमिलाप केन्द्र मार्फत विवाद समाधान गरेर मेलमिलापकर्ताहरुले राम्रो काम गरीरहेकोले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

तदर्थ समितिका अध्यक्ष स्टालिन श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा सचिव सानुमैया खड्काले समितिको प्रगति तथा ४७ हजार ८ सय ७५ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सामुदायिक मेलमिलापकर्ता समाज नेपाल दोलखामा आजिवन तथा साधारण गरी ८४ जना सदस्य रहनु भएको छ । नवनिर्वाचित कार्यसमितिको कार्यकाल चार बर्षको हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई