Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

माथिल्लो डोल्पा सञ्चार बिहिन

By kit 8 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

टेकबहादुर शाही/माघ २०, डोल्पा । माथिल्लो डोल्पाका ३ वटा गाउपालिका सञ्चार बिहिन भएका छन । नेपाल टेलिकमद्धारा सञ्चालीत भि–स्याट फोन बाहेक अन्य कुनै पनि फोन सेवा नरहेको माथिल्लो डोल्पाका ३ गाउपालिका यति बेला सञ्चार बिहिन भएका हुन ।

भौगोलिक रुपमा ठुलो क्षेत्रफल रहेको माथिल्लो डोल्पामा सञ्चार सेवा नहुदा त्यस क्षेत्रका जनताले सहजै सुचना आदान प्रदान गर्न पाएका छैनन । ३ वटा गाउपालिकामा गरि जम्मा १० वटा भि–स्याट फोन सञ्चालनमा रहेको दुरसञ्चार कार्यालय डोल्पाले जानकारि दिएको छ ।

सञ्चारले दैनिक फड्को लिई रहदा माथिल्लो डोल्पाका जनताले भने सञ्चार सेवाको अनुभूति सम्म गर्न पाएका छैनन । अहिले भि–स्याट फाने बाहेक अन्य कुनै पनि सञ्चारको सेवा नरहेको छार्का ताङसोङ गाउपालिकाकी छिरीङ्गपाल्मु लामाले बताइन । उनि भन्छिन गाउबाट दुनैमा आउदा सुगमको ठुलै शहर जस्तो लाग्छ फोन धित मरुन्जेल सम्म गरेर जान्छु तर उता गाउमा त अब सपना मात्रै भो दुखेसो पोख्छीन ।

माथिल्लो डोल्पाको डोल्पो बुद्धगाउपालिकामा स्थानीयहरुको सक्रियता र सहयोगमा मोबाइल टावरका सामानहरु पुगेको तर हिमपात र चिसकोको कारण सञ्चालनमा ल्याउन नसकिएको नेपाल टेलिकम केन्द्रीय कार्यालय काठमाण्डौ आयोजनाका शाखाका सिनियर ईन्जीनियर शिव पोख्रेलले बताए । उनका अनुसार माथिल्लो डोल्पामा मात्रै ७ वटा ठाउमा मोवाइल टावरको सर्वे पूरा भइ सकेकोले जति सक्दो छिट्टै सेवा बिस्तार गर्ने बताए ।

भौगोलिक बिकटताको कारण डोल्पामा अन्य जिल्लाको तुलनामा नमस्ते मोबाइल टावर बिस्तार गर्न नसकेको सिनियर ईन्जीनियर पोख्रेलले स्वीकारे । उनले भने अब जनप्रतिनिधिले नै दावब दिएमा एकै बर्षमा धेरै क्षेत्रमा मोवाइल टावरका बिटिएस राख्न सकिने तर डोल्पाबाट त्यति धेरै जनप्रतिनिधि केन्द्रीय कार्यालयमा पहलको लागि नआउने बताए ।

स्याटलाईटको डाटा किन्न पर्ने भएको हुदा डाटा खरिद नभएकाले पनि समस्या भएको  तर कागजि प्रकृयामा केहि समस्या भएको कारण केहि समय ढिला हुने नेपाल टेलीकम केन्द्रीय कार्यालयले जानकारि दिएको छ । फागुनबाट डोल्पामा हिमपात संगै चिसो कम हुने भएकाले पहिलो प्राथमिकतामा परेका सबै क्षेत्रमा नमस्तेका मोवाइल सेवा बिस्तार हुने मध्यपश्चिम क्षेत्र हेर्ने सिनियर ईन्जीनियर पोख्रेलले जानकारि दिए ।

एक वस्तिवाट अर्को बस्ती सम्म पुग्नको लागि एक दिनको बाटो हिड्नु पर्ने बाध्यता रहेको छ । माथिल्लो डोल्पामा सञ्चार सेवा नहुदा जतनाले दिनभर हिडेर प्रति मिनेट १५ रुपैयामा फोन गर्नु पर्ने बाध्यता रहेको शे–फोक्सुण्डो गाउपालिकाका स्थानीय ग्यालजेन गूरुङ्गले जानकारि दिए । उनका अनुसार मोवाइल सेवा सम्म भएको भए घरमै बसेर सहजै सुचाना आदान प्रदान गर्ने धोको पूरा हुने बताए ।

माथिल्लो डोल्पाका सबै ३ वटा गाउपालिका र साबिकका ७ वटा गाविसमा सञ्चारका कुनै पनि सेवाहरु नहुदा स्थानीयलाइ समस्या परेको महसुस गरेर केन्द्रीय कार्यलयमा लिखित तथा मौखिक रुपमा माग गरेको शे–फोक्सुण्डो गाउपालिकाका अध्यक्ष टसिटुण्डुप गूरुङले बताए । उनले भने माथिल्लो डोल्पाका सबै जनप्रतिनिधिहरु लागि परेको र अब छिट्ट प्रत्यक गाउपालिकामा एक एक वटा नमस्ते मोवाइल टावर राख्ने प्रयास भएको बताए ।

माथिल्लो डोल्पमा सञ्चार सेवा नभए पछि जनताहरु छुट्टै संसारको मान्छे भएको अनुभव रहेको तबउछन । सञ्चार बिहिन भए पछि देशबिदेशमा सुचना आदान प्रदान गर्न पनि नपाएको र चोरीका घटानहरु पनि धेरै हुने स्थानीयहरु बताछन । नेपाल टेलीकमले डोल्पा जिल्लाका ८ वटा स्थानीय तहमा एक दर्जन भन्दा धेरै ठाउमा नमस्ते मोवाइल टावरको सर्वे गरेको छ भने आधा दर्जन बराबर बिटिएस सञ्चालनमा रहेका छन ।