Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
दाङ्ग - DNG

तरुल खन्दा च्यापिएर बालकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । तुलसीपुर नगरपालिका–७ बल्लेमा ढुंगाले च्यापिएर एक बालकको मृत्यु भएको छ ।

तरूल खन्ने क्रममा ढुंगाले च्यापिएर १० वर्षे बालक सन्दिप सुनारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी कृष्ण प्रसाइले जानकारी दिनुभयो ।

तरूल खन्ने क्रममा माथिबाट खसेको ढुंगाले सन्दिपलाई च्यापेको थियो । तुलसीपुर नगरपालिका भए पनि विकट वडा मानिने बल्लेमा ढुङ्गाले बालकलाई च्याप्ने वित्तीकै तत्काल पन्छाउन नसक्दा बालकको घटना स्थलमै मृत्यु भएको हो ।

च्यापिएको थाहा पाउने वित्तीकै उद्धारमा खटेका स्थानीयलाई ढुङ्गा हटाउन करिव दुई घन्टा लागेको थियो ।