Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको ऐतिहासिक मेलाको पुर्ण तयारी, भोलीबाट सुरु हुने

२०७४, २१ माघ आईतवार १३:०६

माघ २१, सुस्ता | नवलपरासी जिल्लाको ऐतिहासिक धार्मीक स्थल एवम हिन्दु र मुस्लिम जातीहरुको आस्थाको केन्द्र बिन्दु मदारबाबाको मेला भोलीबाट सुरु हुने मदार बाबा मेला ब्यवस्थापन समिती सुस्ता गाउँपालिकाले जनाएको छ । 

लामो समय देखी लाग्दै आएको हिन्दु र मुस्लिम जातीहरुको आस्थाको केन्द्र बिन्दु मदारबाबा मेलाको पुर्ण रुपमा तयारी पनि भैसकेको आयोजकले जनाएको छ । मदारबाबा मेलामा नेपालको बिभिन्न जिल्लाहरु र भारत उत्तरप्रदेश राज्य र बिहार राज्य प्रदेशको बिभिन्न जिल्लाहरुबाट करिश ५ लाख तिर्थालुहरुको उपस्थिती हुने सुस्ता गाउँपालिका अध्यक्ष एवम मेला ब्यवस्थापन समितीका संयोजक राम प्रसाद पाण्डेले बताउनु भएको छ । 

मेलामा तल र माथी गरि करिब २ हजार ५ सय पसलहरु रहेको र मेला माघको २२ गते देखी फाल्गुन १ गते सम्म लाग्ने आयोजकले जनाएको छ । मदार बाबा मेलामा माथी डाडाँमा रहेको मजारको दर्शन गर्दा बिभिन्न मनोकामना पुरा हुने र आफ्नो शरिरमा रहेको रोगहरु सबै निको हुने र सन्तान नभएकाहरुको सन्तान हुने धार्मीक आस्था रहेको मेलामा आउने तिर्थालुहरुले बताउ छन । 

मदरबाबा मेलामा अत्याधिक चाप बढने भएको कारणले तथा मेलाको दर्शन गर्न आउने तिर्थालुहरुलाई सुरक्षाको अन्भुत गराउनको लागी मेला ब्यवस्थापन समितीले नेपाल प्रहरी ६० जना,सशस्त्र प्रहरी बलको २५ जना र स्थानिय स्यवम सेवक २० जना गरि मदार बाबा मेलामा सुरक्षाका लागी परिचालन गरिएको कुतबुल मदारशाह जर्घा कमिटीका सचिव अजमुदिन अन्सारीले जानकारी गराउनु भएको छ । 

मदरबाबा मेलालाई थप ब्यवस्थापन गर्नका लागी सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको सयोजकतामा २१ सदस्यि मुल समिती गठन गरिएको छ । त्यस्तै मदारबाबा मेलाको प्रचार प्रसारका लागी नेपाल पत्रकार माहा संघ जिल्ला कार्यसमिती नवलपरासीका जिल्ला कार्यसमितीका सदस्य एवम पत्रकार श्याम बुचा मगरको सयोजकतामा ३ सदस्य समिती गठन भएको छ भने खानेपानी सरसफाई ब्यवस्थापनका लागी वडा न.२ का वडा सदस्य कुन्ती मुखियाको अध्यक्षतामा ५ सदसिय समिती गठन गरिएको आयोजकले जनाएको छ । – श्याम थापाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ