२५ कार्तिक २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नेतालाई गाली गर्नुभन्दा काम गरेर देखाउँ: जवरा

७ पुष २०७२, मंगलवार ०२:५६

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष उदय शम्सेर जवराले राजनीतिक संस्कारको बिकास लागि सुचना प्रबिधीको अधिक्तम प्रयोग गर्न युवाहरुलाई आग्रह गर्नुभएको छ ।

नेपाल तरुण दल दाङले सोमबार नेता कार्यकर्ता भेटघाट तथा संबिधान बारे जानकारी बिषयक घोराहीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष जवराले पुरानै राजनीतिक संस्कारबाट अहिलेको परिबेशमा मुलुक रुपान्तरण हुन नसक्ने बताउनुभयो ।

प्रबिधीको बिकासका कारण बिश्व एउटा सानो सहर झै भईसकेको सन्र्दभमा आजका युवाहरु पनि बिश्वमा भईरहेको राजनीतिक, आर्थिक, समाजीक, सांस्कृति लगायतका बिकासको अध्ययन गरि परिर्वतनमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

नेपाली काग्रेसका तर्फबाट सांसद रहनुभएका जवराले पाटीका नेताहरुलाई गाली गर्न नहुने बताउनुभयो । गाली गर्नु भन्दा उहाहरु भन्दा सृजनशील काम गरेर देखाई राजीतिक प्रतिस्पर्धामा उत्रनु पर्नेमा सुझाब दिनुभयो ।

नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्तीको अध्यक्षतमा भएको कार्यमक्रममा नेपाली काग्रेसका नेतृ एबम सांसद अनिता देबकोटाले नेपालमा सबैको अधिकार सुनिश्चीत भएको संबिधान भएको बताउनुभयो । उहाले संबिधानको अन्तर बस्तुको बारेमा बस्ती बस्तीमा जानकारी गराउनु पर्नेमा जोड दिनुभयो ।

अब संबिधानबाट नागरिकले प्राप्त अधिकारको बारेमा जानकारी गराउनु पर्छ उहाले भन्नुभयो । कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय सदस्य जन्मजय तिमिल्सेना,नेपाली काग्रेस दाङका उपसभापति नारायण बिसी,नेबिसंघका केन्द्रिय सदस्य युवराज खडका,नेपाल प्रेस युनियन दाङका अध्यक्ष सुशील बस्नेत, नेपाल महिला संघ दाङका अध्यक्ष गोमा महरा लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा नेपाल तरुण दल क्षेत्र नम्वर ४ का अध्यक्ष रमेश मल्लले स्वागत र जिल्ला सदस्य धु्रब आचार्यले सहजीरकण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह दक्षिण कोरियामा चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी ‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’