३० माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्याजको बेर्नाबाट मनग्य आम्दानी गर्दै दाङका कृषकहरु

८ पुष २०७२, बुधबार ०२:४९

सन्तोषकुमार गुप्ता/पुस ८, दाङ । तुलसीपुरको वीरेन्द्र चोक एउटा व्यस्त चोक । विभिन्न ठाउँबाट आवतजावत गर्ने सवारी साधनदेखि मानिसहरुको अत्यधिक भीड हुने चोक । तर यो चोक सिजनमा व्यापार गर्ने मुख्य थलो पनि हो ।

कतिपयका लागि काफल आउँदा काफलको व्यापार, सुन्तलाको समयमा सुन्तलाको व्यापार अनि अन्य फलफूल र तरकारी आदिको बिउबिजन बिक्री हुने प्रमुख केन्द्र बनेको छ । यहि चोकले धेरैको दैनिकी र गुजारा चलाउँदै आएको छ ।

तपाँई आजभोलि बिहानैदेखि बेलुकीसम्म वीरेन्द्र चोकमा प्याजका बेर्ना बेच्न बसेका किसानहरुको लामो ताँती देख्न सकिन्छ । यहाँ प्याजका बेर्ना बेच्न आउनेहरुमध्ये अधिकांश भने तुलसीपुर–१९ जस्पुरलगायत अन्य ठाउँ किसानहरु हुन्छन् । तुलसीपुरको वीरेन्द्र चोकको सडक पेटी छेउमा प्याजका बेर्ना बेचेरै उनीहरु दैनिक तीन देखि पाँच हजारसम्म आम्दानी गर्दै आएका छन् ।

तर यो चोकमा व्यापार गर्न आउने प्रायः महिलाहरु नै छन् । तुलसीपुर–१९ जस्पुरकी कुमारी नेपालीले विगत दुई दशकदेखि घरमा प्याजको बेर्ना उमारेर बजारमा बिक्री गर्दै आएको बताइन् । नेपालीले गत वर्ष डेढ किलो बिउबाट झन्डै ७० हजारका बेर्ना बिक्री गरेर राम्रो आम्दानी गरेको बताइन् । नेपाली जस्ता एक दर्जन जति महिलाहरु जस्पुरबाट तुलसीपुरको वीरेन्द्र चोकमा प्याजको बेर्ना बेच्न दिनहुँ आउने गर्छन् ।

सिजनमा प्याजका बेर्ना बेचेर राम्रो आम्दानी हुने हुँदा एकाबिहानै तुलसीपुर आउने गरेको बताउँछन् । जस्पुर निवासी राजु बस्नेतले आफूहरु बिहानै प्याजका बेर्ना लिएर बजार आउने हुँदा खाना पनि होटेलमै खाने गरेको जानकारी दिए। प्याजका बेर्ना बेचेर राम्रो आम्दानी हुने हुँदा अधिकांश किसान बिहानै प्याजका बेर्ना लिएर बजार आउने गरेको बस्नेतले बताए ।

जसपुरका अधिकांश किसानले प्याजको बिउ तुलसीपुरका एग्रोभेटबाट लैजाने गरेको बताए । गत साल एक किलो बिउको मुल्य दुई हजार परेपनि यो पटक भने प्याजको बिउ प्रतिकिलोको एक हजार मुल्यमा पाएकोले आम्दानी बढी हुने बस्नेतले बताए । वीरेन्द्र चोकमा प्याजका बेर्ना बेच्न व्यस्त बस्नेतले भने ‘किसानी पेशा भनेकै माटो, पानी र परिश्रमबाट मात्रै सम्भव हुने पेशा हो ।

दुःख त हुन्छ तर दुःखसँगै आम्दानी पनि हुन्छ भन्ने कुरा व्यावसयिक किसानले भुल्न हुन्न ।’ बस्नेतका दौंतरीहरु अधिकांश धेरै कमाउने लालसामा विदेश पुगेका छन् तर उनी यहि खेती गरेर आम्दानी गर्दै आएको बताउँछन् । बस्नेतले भने ‘मेहनत ग¥यो भने यहि विदेश छ । यहि कमाई हुन्छ । यहाँ काम गर्न लाज मान्नेहरु अधिकांश विदेश गएका छन् ।’

बस्नेतले एक डेढ महिनामा नै प्याजका बेर्ना बेच्नका लागि तयार हुने भएकोले त्यसपछि उक्त जमिनमा अर्को खेती गर्न सकिने बताए । बस्नेतले एक किलो प्याजको बिउवाट ४० हजारका विरुवा उत्पादन हुने र एक कठ्ठा जग्गामा ५ किलोसम्म बिउ लगाउन सकिने बताए । त्यसबाट एक डेड महिनामै ५० हजारको हाराहारीमा आम्दानी हुने बस्नेत बताउँछन् ।

वीरेन्द्र चोकमा प्याजका बेर्ना बेच्न बसेकी हिमा विकले पनि बेर्ना बेचेर राम्रो आम्दानी भएको जानकरी दिइन । प्रति मुठा ५० रुपैयाँदेखि १०० रुपैयाँसम्म प्याजका बेर्ना बिक्री गर्ने गरेको विकले बताइन् ।

विकले भनिन् ‘एक दिनमा दुई देखि तीन हजारसम्मको बिक्री हुने गरेको छ । त्यसबाट आधा नाफा हुन्छ ।’ वीरेन्द्र चोकमा प्याजका बेर्ना बेच्न बसेकी तुलसीपुर–४ हात्तिखौवाकी पूजा डाँगी विगत सात वर्षदेखि वीरेन्द्र चोकमा बसेर प्याजका वेर्ना बेच्दै आएको बताउँछिन् । डाँगीले सासु बुहारी मिलेर बेर्ना बेच्न आउने गरेको जानकारी दिइन् । डाँगी एक किलो प्याजको बिउवाट तयार बेर्ना ३० देखि ३५ हजारसम्म आम्दानी गरेको राप्ती समाचारलाई बताइन् ।

उनले थपिन ‘गत साल ६ किलो बिउ लगाएर चार लाख आम्दानी गरेकी थिए, हेरौँ यस पटक कति हुन्छ रु’ प्याज बेच्ने सिजन कार्तिक देखि माघ महिनासम्म तुलसीपुरको वीरेन्द्र चोकमा बेर्ना बेच्नेहरुको बाक्लै उपस्थिति हुने गरेको छ । तुलसीपुर–१९ का आशाराम चौधरीले पनि प्याजको बेर्ना बेचेर राम्रो आम्दानी गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न अस्वीकार झापामा एक जनाको नाममा अर्काले लाइसेन्सको ट्रायल दिँदै गर्दा दुवै जना पक्राउ एमाले प्रदेशसभा सदस्यविरुद्ध मुद्दा नचलाउने निर्णयपछि पीडित बालिकासँग माफी माग्दै बालेनले भने– नआत्तिनु, समय आउनेछ! बैठकमा मनिष झाको प्रश्न- वर्षाैं जेल बसेर बाहिर आउँदा नेताहरुकाे एकाएक महल कसरी ठडियो ? सिमेन्टमा भएको मूल्यवृद्धिबारे अध्ययन हुनेछ : मन्त्री भण्डारी भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने जसपाको निर्णयले अफ्ट्यारोमा सरकार कानुनी रुपमै अलग भए गायिका एलिना र बिष्णु अब इसेवामा रहेको पैसा एनआइसी एसिया बैंकको एटिएमबाट पनि निकाल्न सकिने बूढानीलकण्ठमा पूरै घर भाडामा लिई अनलाइन ठगीमा संलग्न २३ भारतीय सार्वजनिक प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ संसद् नै अवरोध हुनेगरी २ मिनेटमा के भनेका थिए रामहरिले ? पाथीभरामा केबलकार निर्माणविरुद्धको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार ट्रम्पको चेतावनीपछि हमासले भन्यो- धम्कीको भाषाको कुनै मूल्य छैन विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक अवरुद्ध कार्यसूचीबाट भ्रष्टाचारसम्बन्धी विधेयक हटाइएकोमा संसदमा लफडा एमाले सांसदलाई उन्मुक्ति दिएकोमा रास्वपाले संसदमै गर्‍यो विरोध एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान