2026-09-19 06:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

१३ औँ महाधिबेसनमा सभापतिमा लड्छुः सुजाता कोइराला

सन्तोषकुमार गुप्ता/ पुस, दाङ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुजाता कोईरालाले आसन्न १३ औँ महाधिबेसनमा सभापती पदमा उमेद्धारी दिने बताएकी छिन् ।

नेपाल प्रेस युनियन दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा केन्द्रिय सदस्य कोइरालाले स्वर्गीय गिरीजाप्रसाद कोइरालाले अपनाएको बाटो र पद्धती समाप्त पार्ने खेल भएको भन्दै अब आफुले पार्टीको नेतृत्व लिने बताईन । देश र जनताका लागि हरेक आन्दोलन र प्रजातन्त्रका लागि योगदान गर्नेहरुको धारलाई समाप्त पार्ने कांग्रेसकै नेताहरुबाट खेल भएको भन्दै कोइरालाले नेतृत्वका लागि अघि सरेको बताईन ।

पार्टी परम्परागत ढंग र पुरानो पुस्ताले अब पार्टी चलाउन नसक्ने भन्दै उनले नयाँ पुस्ताले नेतृत्व लिनु पर्ने धारणा राखिन । अर्को प्रसंगमा नेता कोइरालाले देश अहिले जटिल अबस्थामा रहेको भन्दै निकासका लागि राष्ट्रिय एकतामा जोड दिईन ।

नयाँ संबिधान उत्कृष्ठ संबिधान भएको जिकिर गर्दै कोइरालाले अब बिकासको चरणमा प्रबेश गर्नुपर्ने बताईन । दलका नेताहरु मिल्न नसक्दा हस्तक्षेप बढेको भन्दै उनले अब विकासको बाटोलाई पच्छ्याउन मेलमिलाप र एकतामा जोड दिईन । साथै नेता कोइरालाले सबै युवाहरुलाई कुनै न कुनै पेशा व्यवसायमा जोडिन आग्रह गरिन । राजनिति केही अंशमा गरे पनि पहिलो प्राथमिकता व्यवसायलाई दिनुपर्ने बताईन । देश चलाउने अब युवाहरुको जिम्मेवारी आएको भन्दै उनले युवालाई प्रोत्साहन गर्ने सरकार र नेताको आबश्यक रहेको बताईन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई