२५ कार्तिक २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

निरन्तर आक्रमण हुँदापनि प्रशासन मौन बस्यो—महासचिव वली

२२ पुष २०७२, बुधबार ०८:०६

पुस २२, दाङ । मालिका –कालिका यातायात प्रालिका महासचिव गेहन्द्र वलीले प्रालिका वसहरु माथि निरन्तर आक्रमण हुँदापनि प्रशासन मौन वसेको भन्दै रोष प्रकट गरेका छन् । उनले भने ‘ मंसिर २१ मा मालिका कालिकाको औपचारिक उद्घाटन भएदेखि नै हामी माथि निरन्तररुपमा भौतिक आक्रमण हुँदै आएको भएपनि प्रशासनले दोषीलाई कठघरामा उभ्याउन नसक्नु विडम्वना हो ।’

महासचिव वलीले राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समितिकै निर्देशनमा आफूहरु माथि निरन्तर आक्रमण हुँदै आएको आरोप लगाएका छन् । उनले मंगलवारको आक्रमणवाट तीन लाख वरावरको क्षति भएको बताए । अध्यक्ष रावलले तुलसीपुर र लमही क्षेत्रमा सुरक्षा अवस्था निकै कमजोर भएको आरोप पनि लगाएका छन् ।

प्रालिका वसहरु माथि तुलसीपुर र लमही क्षेत्रमा पटक(पटक आक्रमण हुँदा पनि प्रहरी मुकदर्शक वनेको उनको आरोप छ । अध्यक्ष रावलले फोनमा भने ‘हामीलाई प्रहरीले आक्रमणकारीको नाम र हुलियासहित जाहेर दिन भन्छ, हुलहालमा मुख वाँधेर आउनेलाई हामीले कसरी चिन्न सक्छौं,दोषी पहिचान गर्ने त प्रहरीको काम हो नि ?’ उनले राप्ती समितिका पदाधिकारीलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरी हिच्किचाएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह दक्षिण कोरियामा चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी ‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’