2026-07-28 09:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कर्मचारीलाई निर्देशन दिदै मन्त्री शर्माले भनिन् जनताको काममा राजनीति नगर्नुहोस्

सन्तोषकुमार गुप्ता, पुस, दाङ ।

शासक हैन सेवक भएर काम गर्ने मन्त्री शर्माको सुझाव

सामान्य प्रशासनमन्त्री रेखा शर्माले निजामती कर्मचारीहरूलाई जहाँ आस्था राखेपनि सेवामुखी भएर जनताको काम गर्न निर्देशन दिनुभएको छ । दाङको घोराही नगरपालिकामा आइतबार आयोजित ‘दाङ जिल्लाको वर्तमान अवस्था, सार्वजनिक सेवा प्रवाह र सुशासन’ विषयक छलफल कार्यक्रममा सामान्य प्रशासनमन्त्री शर्माले राजनीतिक विचार जहाँ भए पनि जनताको सेवामा केन्द्रीत भएर काम गर्न निर्देशन दिनुभएको हो ।
rekha sharma
सरकारी कार्यालयहरू पद्धतिमा चल्न नसक्दा जनताले दुःख पाएका गुनासाहरू बढ्दै गएको मन्त्री शर्माको भनाइ छ । मन्त्री शर्माले जनताको भीड हुने कार्यालयहरूमा छिटोछरितो तरिकाले काम गर्न पनि निर्देशन दिनुभएको छ । गाविसको कार्यालयहरूमा नागरिक बडापत्र राख्न निर्देशन दिँदै सामान्य प्रशासनमन्त्री शर्माले साना विषयमा जनताले दुःख नपाउनु भन्ने विषयमा सबै सचेत हुनुपर्ने बताउनुभयो । छलफल कार्यक्रममा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले जिल्लाको समग्र विकास र सुरक्षाका लागि जिम्मेवार भएर लागेको बताउनुभयो । उहाँले कर्मचारी प्रतिको जनताहरुले गर्ने गुनासो मेट्ने गरि सेवा लाग्न निर्देशन दिनु भयो । उहाँले राष्ट्र सेवक र सेवाग्राहीहरु शासक र साशितको अबस्थामा पुगेका गुनासोहरु व्यापक आउने गरेको भन्दै कार्यशैली र आचरणमा ध्यान दिन मन्त्री शमाले निर्देशन दिनु भयो । जनताहरु सँग प्रत्येक्ष जोडिएर काम गर्ने कर्मचारीहरु भनेकै नायब सुब्बा र खरिदारहरु नै भएको भन्दै उहाँले एक महिना सम्म सिकेका सिपलाई कार्यालय र सेवाग्राहीको काममा लागु गर्न आग्रह गर्नु भयो । वदलिदो परिवेसमा जनताले आशा गरे अनुसारको जनमुखी र सेवामुखी प्रशासन बनाउन आबश्यक रहेकोमा जोड दिदै मन्त्री शर्माले सिप, ज्ञान र क्षमतलाई व्यवहारमा लागु गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले एक महिना सम्म सिकेको सिपलाई दैनिक जिवन र कार्यालयको व्यवस्थापन तथा सेवा प्रबाहमा अनिबार्यरुपमा लागु गर्नु आग्रह गर्नु भयो । तालिममा सहभागि नायब सुब्बा शान्तराज अधिकारी र खरिदार लक्ष्मी अधिकारीले तालिमको अनुभब सुनाउदै एक महिने तालिमले आफुहरुको जिम्मेवारीमा धेरै ज्ञान दिएको बताउनु भयो । तालिम कार्य सहयोगि बनेको भन्दै व्यवस्थापन र सेवा प्रबाहमा लागु गर्ने प्रतिबद्धता जनाए । साथै उनीहरुले यस्ता तालिमहरु कर्मचारी सेवा प्रबेसकै चरणमा दिन सके अझ प्रभाबकारी हुने धारणा राख्नु भयो ।

राजपत्र अंकीत प्रथम श्रेणिका कर्मचारीलाई कार्यालय व्यवस्थापन र द्धितिय श्रेणिका कर्मचारीलाई सिचिवाल सिप सम्बन्धी एक महिना तालिमको आयोजना गरिएको हो । तालिममा दाङ सहित राप्ती र अन्य विभिन्न जिल्लाका ९५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । सबै कर्मचारीहरुलाई सामान्य प्रशासन मन्त्री रेखा शर्माले प्रमाणपत्र प्रदान गर्नु भएको थियो । तालिम सामापन कार्यक्रमको सहजिकरण तालिमका प्रशिक्षक तथा कार्यक्रम संयोजक अर्जुज बरालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ