2026-10-29 07:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा पाठेघर खसेकी रुपधनी सार्कीको निःशुल्क शल्यक्रिया

टेकबहादुर शाही/माघ २४, डोल्पा । पाठेघर खसेरपछि समस्या खेप्दै आएकी रुपधनी सार्कीको निःशुल्क शल्यक्रिया हुने भएको छ । 

डोल्पा जिल्ला त्रिपूरासुन्दरी नगरपालिका १ की ३५ बर्षिया रुपधनी सार्कीको पाठेघर खसे पछि उनको शल्यक्रिया निःशुल्क हुने भएको हो । बर्षौ देखि पाठेघरको समस्या भोग्दै आएकी रुपधनीको निःशुल्क शल्यक्रिया क वातावरणीय कृषि तथा बिकास केन्द्र(केड)ले गरिदिन लागेको हो । 

सानैमा बिबाह गरेरकी उनको २४ बर्षकी एक छोरी छीन । बिहान बेलुकी गुजारा चलाउन धौ धौ पर्ने सार्कीको परिवारमा ज्याला र मजुदुरीले दैनिकि चलि रहेको थियो । अरुकोमा मजदुरी गर्न जादा सकि नसकी ठुलाठुला भारीहरु बोक्नु पर्ने र समयमा भने जस्तो खाने कुरा खान नपाए पछि आफनो पाठेघर खसेको रुपधनीले बताइन । 

दिनभरि आराम गर्न पाइदैन खानको लागि पनि काम गर्नु पर्ने बाध्यता छ तर काम गर्दा पाठेघर खसि हाल्छ यो पिडाले मलाइ मर्न र बांच्नुको बनाएको छ रुपधनी दुखेसो पोख्छीन । 

चारवटा बच्चा छन पाल्नै पर्यो दुख नगरि पुग्दैन सबै पिडा लुकाएर दैनैनिकि चलाउदै छु रुपधनी भक्कानीन्छीन । सानैमा बिबाह गरेर बच्चा जन्मीए ठुलाभारि र सबै बल लगाएर काम नगरे दाम धेरै नपाउने र बिहान बेलुकी घरपरिको लागी चुलोमा आगो नबल्ने दयनिय अबस्थामा दैनिकी गुजारेको रुपधनी बताउछिन । उनि भन्छीन सयौ केजि सम्मका सामान पनि बोके रुपैयाको लागि त्यहि बेलामा मेरो पाठेघर खसेको रहेछ बर्षौ पछि थाहा पाए । 

दैनिकी चालउनकै लागि काम गर्नु पर्ने धेरै ठुलो समस्या बन्दै गयो कति पटक बिरामी पनि भए तर कसैले वास्ता गरेनन उपचार गर्न पैसा थिएन उनले खुदेसो पोखिन । 

उनि भन्छीन- ‘श्रीमानलाइ भन्दा श्रीमानले पनि उल्टै गालि गरे काम गर्न अल्छी गरेर यस्तो कुरा गर्दैछस भनेर आरोप लगाए । मन खिन्न भयो मैले कुनै जवाफ दिन सकिन ।’

वातावरणीय कृषि तथा बिकास केन्द्र(केड) संस्थाबाट जोडिदार कार्यकर्ता आएको थाहा पाए आफनो समस्या लाज नमानेर उनिहरुसंग राखेपछि मेरो उपचार हुने खबर पाए बाच्ने आसा पलायो रुपधनि खुसि भइन । हर्सका आसु बगाउदै उनले भनिन अब नया जिवनको थालनि हुने भयो ।

दलित परिवार भएकै कारण पनि उपचारको लागि ठुलो सपना देख्न नसकिने सार्कीको बुझाइ रहेको छ । सबै महिलाले घरधन्दा मेलापात गर्नु पर्ने र ठुलाठुला भारि बोक्न पर्ने बाध्यताले पनि महिलाहरुको पाठेघर खस्ने गरेको उनको ठम्मयाइ रहेको छ । उनि भन्छीन लाज मान्ने बानी हाम्रो अन्य गर्नु पर्छ नत्र हामीलाइ लाजले नै मृत्यूको मुखमा लैजाने गर्दछ ।

वातावरणीय कृषि तथा बिकास केन्द्र(केड)ले हाल सरकारी अस्पतालसँग सहकार्य गरेर डोल्पा जिल्लाका ४ जना पाठेघर खसेका महिलाहरुको निःशुल्क शल्यक्रिया गरि उपचार गरि रहेको छ । त्रिपूरासुन्दरी नगरापालिकाकी दिर्घा रोकाया,कृष्णा कामी ,रसना बुढा र मुड्केचुला गाउपालिकाकी लाटी रोकायाको उपचार भइरहेको छ ।  

साविकको ५ वटा गाविसहरु त्रिपूराकोट, ल्हां, सुँ, शहरतारा, जुफाल र दुनैका करिव २ सय ५० घरधुरीमा सर्वेक्षण गर्दा २० प्रतिशत महिलाहरु आङ खस्ने रोगबाट पिडित रहेको महिला शसक्तीकरण केन्द्र डोल्पाकी कोषाध्यक्ष काली चलाउनेले बताइन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम