2026-09-19 08:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पुरानो भालुवाङ बजारमा उपभोक्ता समिती गठन

सन्तोषकुमार गुप्ता । २३ पुस, भालुवाङ । लालमटिया—३ स्थीत पुरानो भालुवाङ्ग बजारको दायाँबायाँ नाली निर्माणका लागि आईतबार हनुमानगढी मन्दिरमा भएको भेलाले नाली निर्माण उपभोक्ता समिती र अनुगमन समिती गठन गरिएको छ ।

तीन नम्बर वार्ड नागरिक मञ्चको आयोजनामा भएको भेलाले दुर्गाप्रसाद पन्थीको संयोजकत्वमा ७ सदस्यीय नाली निर्माण उपभोक्ता समिती गठन गरेको छ । जसको उपसंयोजकमा दिला राना, सचिवमा जगदिश गसप्ता र कोषाध्यक्षमा शान्ता चौधरी रहेका छन् । त्यसैगरी सदस्यहरुमा बिष्णु केसी, अब्दुलवकिल दर्जी र पवनकुमार गुप्ता रहेका छन् । त्यसैगरी भेलाले वार्ड नागरिक मञ्चकी अध्यक्ष मिना थापाको संयोजकत्वमा ५ सदस्यीय अनु्गमन समिती गठन गरेको छ । जसको सदस्यहरुमा जीवन गुप्ता, रामजीप्रसाद गुप्ता, कुवारीदेवी गोराथोकी र शिवदयाल गुप्ता रहेका छन् । शहरी डिभिजन कार्यालय दाङ्ग मार्फत पुरानो भालुवाङ्ग बजारको दायाँबायाँ नाली निर्माणका लागि आर्थिक बर्ष २०७२/०७३ मा स्वीकृत १ लाख ५० हजार बजेटबाट नाली निर्माणका लागि उक्त समिती गठन गरिएको हो । गठित समितीले तत्काल योजनाको सम्झौता गरी नाली निर्माण कार्य गर्ने बताईएको छ ।

वार्ड नागरिक मञ्चकी अध्यक्ष मिना थापाको अध्यक्षता एवम् भालुवाङ्ग नगर विकास समितीका अध्यक्ष ओमप्रकाश बुढाथोकीको प्रमुख आतिथ्यमा भएको भेलामा भालुवाङ्ग नगर विकास समितीका पूर्व अध्यक्ष गोरखनाथ कसौधन, समाजसेवी बहादुरकर्ण केसी र रामजीप्रसाद गुप्ताले आ—आफ्नो धारणा राखेका थिए । भेलाको सहर्जीकरण लालमटिया गाविसकी समाजिक परिचालिका सन्तोषी चपाईले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई