Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पूर्ण सरसफाइ नहुँदा फोहोरको ड्ङगुर बन्दै डोल्पा

By kit 8 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

टेकबहादुर शाही/माघ २५, डोल्पा । कर्णालीको तेस्रो र नेपालकै ४२ औँ जिल्लाको रुपमा डोल्पा जिल्ला खुला दिशामूक्त जिल्ला घोषणा भै सकेको छ ।

गएको कार्तिक ९ गते डोल्पा जिल्लाइ नेपालकै ४२ औँ जिल्लाको रुपमा खुला दिशामूक्त जिल्ला घोषणा गरिएको हो ।

सन २०१७ भित्र नेपाललाइ खला दिशामूक्त देश घोषणा गर्ने लक्ष्य अनरुप डोल्पालाइ घोषणा गरियो । जिल्लालाइ खुला दिशामूक्त घोषणा गर्ने बेलामा पूर्ण सरसफाइका कामहरु तिव्र पार्ने भन्दै घोषणा गरेको ३ महिना बिति सक्दा पनि पूर्ण सरसफाइका कुनै पनि क्रियाकलापहरु हुन सकेका छैनन ।

जिल्ला खुला दिशामुक्त घोषणा पछि पूर्ण सरसफाइका क्रियाकलापहरु नहुदा डोल्पाको सदरमुकाम दुनै फोहोरको ड्ङगुर भएको छ । भेरि नदिको किनारमा रहेको दुनैमा बाक्लो बस्तिको ढल भेरिमा मिसाउने गरे पछि भेरि पूरै दुर्गन्धीत भएको स्थानिय अर्जुन हिराचन बताउछन ।

उनका अनुसार जिल्ला खानेपनि सरसफाइ तथा स्वच्छता समन्वय समितिले हतार मै घोषणा ग¥यो दुनै बजार र भेरिको अबस्था झन फोहोरको ड्ङगुर हुदै गएको छ उनले भने ।

साघुरो बजार र होटेल,किराना पसल र फेन्सी पसलबाट दैनिक सयौं केजि फोहोर भरिमा फाल्ने गर्दा भेरि नदि झनै फोहोरको ड्ङगुर भएको योगेन्द्र बुढाले बताए । उनका अनुसार बजार तथा होटेलबाट निष्कने फोहोर ब्वस्थपनको लागि स्थानिय सरकारले फोहोर ब्यवस्थापन केन्द्रको ब्यवस्था गर्नु पर्ने सझाब दिए ।

“सौचालयका ढल सिधै भेरिमा”

सदरमुकम दुनैमा नै ४० भन्दा धेरै घरले भेरिमा सौचालयको ढल मिसाएका छन । अधिकांश धनि र कर्मचारिहरुका घरबाट नै भेरिमा सौचालयका ढल मिसाएको (डिवाससीसी)को दावी छ । पूर्ण सरसफाइका क्रियाकलाप स्थानिय सरकारले गर्ने (डिवाससीसी) को भनाइ छ । तर उता स्थानिय तहमा भने कर्मचारि बिहिन भए पछि कस्ले जवाफ दिने र कस्ले कार्यान्वयन गर्ने भन्ने कुनै पनि टुङगो छैन ।

सदरमुकामकै अबस्था दयनिय भए पछि गाँउगाँउको अबस्था झन भन्न नसकिने अबस्थामा रहेको नागरिकहरु बताउछन । स्वास्थ्य तथा सरसफाइ क्षेत्रमा काम गर्ने दर्जनौ संघसँस्था र सरकारी निकाय भए पनि डोल्पाको अबस्था सरसफाइमा जिल्ला खुला दिशामूक्त पछि झनै खस्किदै गएको बुद्धिजीविहरु बताउछन ।

साबिकको २३ गाविस र हालको २ नगरपालिका र ६ गाँउपालिका गरि ८ वटा स्थानीय तह रहेको डोल्पा जिल्लामा सरसफाइको अबस्था निकै कम्जोर अबस्थामा रहेको पाइन्छ । खुला दिशामूक्त जिल्ला घोषणा गर्नको लागि मापदण्ड पूरा नभएको भनेर स्थानीयहरुले बिरोध गर्दैगर्दा पनि (डिवाससीसी)ले कार्तिक ९ मा घोषणा गरेको थियो ।

“सरकारी कर्मचारिको घरमा नै सौचालय छैन”

सौचालय बनाउन अल्छी गर्ने अरुको सौचालय प्रयोग गर्ने अधिकाँश नेपाल सरकारका कर्मचारिहरु नै रहेको जिल्लामा काम गर्ने गैर सरकारि कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सर्वसाधारण नागरिकले सौचालय निमार्ण गरेका छन र धेरै जसो प्रयोगमा पनि छन । तर धनि बर्गमा गनिने र कर्मचारि वर्गका ब्यक्तिको घरमा नै सौचालय छैनन र भएका पनि अब्यवस्थित छन ।

भौगोलिक रुपमा ठुलो जिल्ला डोल्पामा अहिले पनि करिव ३० प्रतिशत घरमा सौचालय छैनन । त्यसै गरि करिव २० प्रतिशतले भएका सौचालय पनि प्रयोग गर्दैनन र बाकी घरधुरिले चर्पि प्रयोग गरे पनि ब्यवस्थित सौचालय भने छैनन ।

एक बर्षमा बजारको छेउमै बगेको भेरि नदिको पानि अञ्जुली हालेर खाने बनाउने प्रतिबद्धता जनाएका ठुलीभेरि नगरपालिकाका उपप्रमुख योगेन्द्र बहादुर शाही आफै गुमनाम भएका छन ।

स्थानीय तहले सुन्दर सदरमुकाम दुनै बनाउने र पर्यटकको गन्तब्य बनाउने भने पनि स्थानीय तह नै सुस्ताए पछि भेरि नदिले फोहोरको ड्ङगुर भएर थेगी रहेको छ । जिल्लामा अहिले पनि हेर्ने हो भने सौचालय नबनाएका अधिकांश दलित घरपरिवार नै भएको पाइन्छ ।