2026-09-18 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

खस्किदै रुद्राक्षको ब्यापार

योगेन्द्र जोगी, असोज १५,
संखुवासभा ।
गत बर्ष यतिबेला ३ चरण रुद्राक्ष विक्रि गरिसकेका ब्यावसायी सन्तोष कुलुङले यस
बर्ष हाल सम्म एकै पटक पनि विक्री गरेका छैनन् । त्यस्तै गत बर्ष नै यती बेला सम्म ३ चरण रुद्राक्ष
विक्रि गरिसकेका अर्का ब्यावसायी सुरज गौतमले पनि हाल सम्म रुद्राक्ष विक्रि नभएको बताए । उनीहरु मात्रै
होईन संखुवासभाका अधिकांस रुद्राक्ष ब्यावसायीहरुले गत बर्षको तुलनामा यस बर्ष कम किनबेच गरिरहेका छन् ।
रुद्राक्ष विक्रि नहुनुमा गत बर्ष जस्तो नेपाल बाहिर रुद्राक्ष विक्रि नहुन मुख्य कारण रहेको
ब्यावसायीहरुले बताएका छन् ।

rudrachhe
हाल सम्म गत बर्षको तुलनामा नेपाल बाहिरका ब्यापारीहरु निक्कै कम आएको रुद्राक्ष ब्यावसायी
सन्तोष कुलुङले बताए । अन्य ब्यावसायीहरुको चहलपहल कम रहेकोले आफुहरुले पनि रुद्राक्ष किन्दा गुणस्तरलाई
बढि ध्यान दिने गरेको उनले बताए ।
पछिल्लो समय रुद्राक्षको निर्यात सन्तोषजनक नभएकोले लगानी गर्न
डराएको अर्का ब्यावसायी सुरज गौतमको भनाइ छ । ‘पैसा पनि तयार छ, तर रुद्रक्ष किन्न डर लाग्छ’, ब्यावसायी
गौतमले भने । केहि चिनियाँ ब्यावसायीले खरिद गर्न खोजे पनि निक्कै राम्रो गुणस्तरको मात्र लिन खोजेको
उनले बताए। ‘रुद्राक्ष किन्छु भनेर केहि चिनियाँ आए, एक किलोग्राम हेरौँ भनेर दिएको त पानीमा डुबाएपछि
डुबेको मात्र लान्छौँ भन्न थाले’ उनले थपे ।

यस बर्ष चिनियाँ
ब्यावसायीहरुले बढि गुणस्तरलाई महत्व दिएपनि अन्य देशका ब्यावसायीले भने सामान्य गुणस्तरको समेत लिने
विश्वास रहेको गौतमले बताए। खाँदवारीका अर्का रुद्राक्ष ब्यावसायी कुमार अनुरागीका अनुसार गत बर्षको
रुद्राक्ष नै अझै स्टक रहेकोले पनि रुद्राक्ष विक्रि हुन नसकेको हो । उनले भने , ‘स्थानिय
ब्यावसायीहरुसँग मात्र नभएर काठ्माण्डौका ठुला ब्यापारीहरुसँग समेत गत बर्षकै सामान स्टकमा छ, त्यहि
भएरपनि रुद्राक्ष विक्री नभएको हो ।’ यो बर्ष रुद्राक्षको मुल्य गत सालको भन्दा निक्कै कम रहेको समेत
उनले बताए ।
‘पोहोर ८ मुखे करिब १० हजारमा बिक्रि हुन्थ्यो अहिले ३ हजारमा समेत किन्न मान्दैनन्’
अनुरागीले भने । यस बर्ष रुद्राक्षको मुख भन्दा पनि आकारलाई बढि प्राथमिकता दिईएको रुद्राक्ष
ब्यावसायीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई