३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

घोराही खानेपानी संस्थाको अध्यक्षमा तिन जनाको उम्मेद्धारी

२७ पुष २०७२, सोमबार २०:२२

no-water-tap-310x205सन्तोषकुमार गुप्ता ।पुस २८, दाङ । घोराही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष पदमा तीन जनाको उम्मेद्धारी परेको छ । आगामी शनिबार हुने निर्बाचनका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष देवीबहादुर डिसी, अर्का ताराप्रसाद अधिकारी र छबिनारायण डिसीले उम्मेद्धारी दिएका हुन् ।

त्यसैगरी उपाध्यक्ष पदमा बलदेब योगी र गौरीशंकर श्रेष्ठको उम्मेद्धारी परेको छ । सचिब पदमा गोविन्दप्रसाद शर्मा र सुमन शर्मा, कोषाध्यक्ष पदमा पर्शुनारायण श्रेष्ठ र धु्रब केसीले उम्मेद्धारी दिएको निर्बाचन समितिले जनाएको छ । यसैगरी तिन महिला सदस्यका लागि निरजा पोख्रेल, मोहनिदेवि डाँगी, शारदादेबि थापा, रेखा रोका क्षेत्री र श्रीमती दिपक रोका मगरको उम्मेद्धारी परेको छ । यस्तै, दुई पुरुष सदस्य तर्फ सुनिलकुमार रेग्मी, दिपककुमार श्रेष्ठ, धनपती शर्मा, नरबहादुर बुढाथोकी, राकेशकुमार पाण्डे, धर्मेन्द्र श्रेष्ठ र पदमप्रसाद अधिकारीले उम्मेद्धारी दिनुभएको छ । संस्थाको छैठौं अधिबेशनले तीन बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

संस्थाको निर्बाचनमा मतदान गर्नेहरुको संख्या ४ हजार ७ सय रहेको छ । खानेपानीको उपभोक्ताहरु भने ५ हजार ५ सय २५ रहेको र दैनिक ३२ लाख लिटर पानी खपत हुदै आएको संस्थाका अध्यक्ष देबीबहादुर डिसीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चलचित्र ‘कार्साङ’ले गर्यो ६ दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन आज चारवटा संसदीय समितिको बैठक बस्दै कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै आयल निगमले बढ्यो पेट्रोलियम पदार्थको मूल्य आजको मौसमः देशका केही प्रदेशमा वर्षाको सम्भावना रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ