2026-09-19 08:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

एमाओबादीले ५ नम्बर प्रदेशको कार्यालय घोराहीमा खोल्ने

lag Maoistसन्तोषकुमार गुप्ता । पुस २८, दाङ । एकीकृत नेकपा माओवादीले ५ नम्बर प्रदेशको कार्यालय दाङको घोराहीमा स्थापना गरेर पार्टीको संगठन सञ्चालन गर्ने भएको छ । घोराहीमा आइतबार बसेको प्रदेश समितिको बैठकले प्रदेशको बीच भागमा पर्ने दाङमा कार्यालय स्थापना गर्ने निर्णय गर्दै पूर्वजनमुक्ति सेनाका पाँचौं डिभिजन कमाण्डर राजबहादुर बुढा ‘अविनाश’लाई कार्यालय सचिव तोकेको छ ।

अब यो प्रदेशअन्तर्गत १२ वटै जिल्लाको संगठन परिचालन दाङबाट हुने एकीकृत माओवादीले जनाएको छ । बैठकका निर्णय सार्वजनिक गर्न घोराहीमा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो । संविधानसभा र राज्यपुनर्संरचनाको बहस आफूहरुले उठाएकाउले यसको कार्यान्वायन पनि आफ्नो पार्टीले शुरु गरेको एकीकृत माओवादी स्थायी समिति सदस्य एवं ५ नम्बर प्रदेश इञ्चार्ज चक्रपाणी खनालले बताउनु भयो । मधेशी दलहरुसँग सहमति गर्दा आंशिकरुपमा सिमांकन हेरफेर हुनसक्ने भए पनि अब प्रदेश संरचना परिवर्तन नहुने निश्चित भएपछि आफूहरुले प्रादेशिक अभ्यास थालेको स्थायी समिति सदस्य खनालले जानकारी दिनु भयो ।

प्रदेशको बीच भागमा पर्ने भएकाले दाङमा बैठक गरी प्रदेश कार्यालय राखिएको जानकारी दिंदै उहाँले यो प्रदेशको बीच भागमा दाङ पर्ने भएकाले प्रादेशिक राजधानीका लागि उपयुक्त ठाउँ भएको बताउनु भयो । यसमा अन्य दल पनि सहमत प्रदेश स्तरको सरकारी कामकाज दाङबाटै शुरु गर्न सकिने उहाँको भनाई छ ।

सिमांकन गर्दा विभाजित भएको रुकुमको पूर्वी भेग र नवलपरासीको दाउन्ने पश्चिमको भेगमा छुट्टै जिल्ला संयोजन समिति गठन गरिएको पनि माओवादीले जनाएको छ । जसअनुसार अब माओवादीका ७७ वटा जिल्ला समिति रहने छन् । बैठकले जिल्ला इञ्चार्जहरु पनि तोकेको छ । दाङमा जीवन गौतम इञ्चार्ज र नारायणी शर्मा सहइञ्चार्ज रहेका छन् । बैठकले ‘राष्ट्रिय स्वाधीनताको रक्षाका लागि ब्यापक जनपरिचालन, बलियो जनसम्बन्धसहित सुदृढ संगठन हाम्रो अभियान’ भन्ने जेठ महिनासम्मको ६ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । बैठकले थारु, मधेशी र जनजातिहरुका जाजय माग सम्वोधन गरी समाधान खोज्न सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई