७ जेष्ठ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

चटपटे बेचेर नगन्य आम्दानी

१५ आश्विन २०७२, शुक्रबार २१:२८

chatpateयोगेन्द्र जोगी ।  संखुवासभा, १६ असोज। संखुवासभाका दिनहुँ युवाहरू विदेशीने क्रम
बढ्दै गएको छ । तर यहाँ यस्ता पनि युवायुवतीहरु छन् जो दिनहुँ श्रम गरेर बर्से्नि लाखौँ रुपैयाँ आम्दानी
गरी परिवारको लालनपालन गर्दै आएका छन् । यस्तै युवती मध्येका हुन् तराईबाट संखुवासभा आएर चटपटे बेच्ने
महिना पुनम चौधरी । चौधरीले चना चटपटे बेचेरै १ जनाको परिवार चलाउँदै आएकी छिन्। सानै उमेरदेखि चना
चटपटे बनाएर बेच्ने पेशा सुरु गरेकी चौधरीले अहिले सोही पेशाबाट परिवारको गुजारा चलाउनुको साथै १ जना
छोरालाई निजी विद्यालयमा पढाउँदै आएकी छिन् ।

उनी भन्छिन , “कम
पुँजीमा पनि राम्रो परिश्रम गर्न सके नेपालमै बसेर पनि राम्रो आम्दानी गर्न सकिने आफूले जीवनमा अनुभव
गरेको छु ।” आफैले व्यावसायिक रूपमा चना चटपटे बेचेर अहिले सम्ममा रु १० लाख भन्दा बढी पुँजी तयार
गरिसकेको उनी बताउछिन् । विगत केहि वर्षदेखि चना चटपटे बेच्ने पेशा सुरु गरेकी उनले अहिले सो पेशा गरेर
दैनिक एक हजार देखि १५०० रुपैयाँसम्म कमाउने गरेको र त्यही कमाइबाट परिवारलाई पाल्दै आएको बताइन । पैदल
हिँडेर व्यवसाय सुरु गरेको र चना चटपटे बेचेर मोटरसाइकल खरिद गरी व्यवसायीलाई निरन्तरता दिँदै आएको उनका
श्रीमानले बताए ।

साधारण लेखपढ मात्र गर्न जानेकी चौधरीले आफूले
पढ्न नपाएपनि छोरालाई राम्रो शिक्षा दिलाएर असल मान्छे बनाउने लक्ष्य राखेको बताइन ।सुरुसुरुका दिनमा
परिवारका सदस्यहरूबाट सहयोग नपाएपनि आफू परिश्रम गरेर राम्रो आम्दानी गर्न थालेपछि परिवारको सदस्यहरूबाट
समेत सम्मान पाउन थालेकोमा खुशी ब्यक्त गरिन् ।

हाम्रो देश
नेपालमा कमाउनका लागि सयौ महिला विदेशीएको सम्झिदै उनी भन्छिन, “गाउँका साथीहरूले विदेशमा जति कमाउछन्,
त्यो भन्दा बढी आफू गाउँ नेपालमै बसेर कमाइरहेको छु ।” परिश्रम कष्टपूर्ण हुन्छ तर त्यसको फल मिठो हुन्छ
भन्ने कुरा आफ्नो जीवनबाट सिकेको उनी बताउछिन्। सीप भएर मिहिनेत गर्नेलाई सबैले सम्मान गर्दाै रहेछ,
त्यसैले परिश्रमी भएर काम गरिरहेकी छु खुशी हुँदै उनी भन्छिन – “काम गर्नेलाई जहाँ पनि सम्मान र पैसा छ,
नगर्नेलाई कहि छैन् सम्मान र कमाई ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगलागीका कारण रु ११ लाख बराबरको क्षति हरियो धनियाँमा अत्यधिक विषादी,४५ प्रतिशतभन्दा बढी खान अयोग्य ओझेलमा अनौठो कुवा भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै पोखरा आसपास भूकम्पको धक्का महसुस नेपालमा भूकम्पको धक्का महसुस मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बन्यो : सांसद शेरबहादुर कुँवर सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक त्रिभुवन विमानस्थलबाट २५ ग्राम सुनसहित एकजना पक्राउ ४ बजे गभर्नर सिफारिस बैठक, ५बजे मन्त्रिपरिषदको बैठक बस्ने ‘विपद् जोखिम न्यूनीकरणमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन आवश्यक’ ‘भूमिहीन र सुकुम्वासीका नाममा सरकारी जमिन भूमाफियाको हातमा पुग्ने आशङ्का’ कांग्रेसका शिक्षा विभाग प्रमुख महरले शिक्षकसँग सहमति गरिएका विषय कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए कांग्रेस: शिक्षकसँग सहमति गरिएका विषयहरु सरकारले कार्यान्वयन गर्नु पर्ने गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु नयाँ सुरक्षा उपायका बावजुद श्रीलङ्कामा रेलको ठक्करले हात्तीको मृत्यु स्वदेशमा उत्पादित तथा आयात हुने उत्पादनहरूमा अनिवार्य रूपमा एमआरपीसहितको लेबल लगाउनुपर्ने रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ सुरु एनआरएन कविता प्रतियोगिताको पुरस्कार घोषणा