2026-07-25 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सौडियार गाबिसको २१ औँ गाउँ परिषद् सम्पन्न सवा करोडको योजना पारित

पुस २८, दाङ । दाङको सौडियार गाँउ बिकास समितिले आर्थिक बर्ष २०७३/७४ सालका लागि सवा एक करोडको बजेट पारित गरेको छ । गाविसको आज सम्पन्न २१ औं गाँउ परिषदले एक करोड २५ लाख ६९ हजार रुपैयाको बजेट प्रस्तुत गरिएको छ । गाबिसका सचिब टेकबहादुर खड्काको अध्यक्षतामा तथा निमित्त स्थानिय बिकास अधिकारी परशुराम बैदारको प्रमुख आतिथ्य एवं महिला तथा बालबालिका कार्यालयका प्रमुख बिना श्रेष्ठको बिशिष्ठ आतिथ्यमा भएको परिषदमा पुँजिगत तर्फ ४३ लाख १६ हजार रुपैया र सञ्चालन तर्फ ८२ लाख ५३ हजार रुपैया बजेट बिनियोजन गरिएको हो । पेश गरिएको योजना तथा कार्यक्रममा सवै भन्दा बढि सडकलाई प्राथमिकता दिइएको छ । जस अनुसार सवैभन्दा बढि रकम गा.वि.स.को मुटुको रुपमा रहेको तल्लो दामोदर रोडको स्तर उन्नतीका लागी तीन लाख रुपैया बजेट बिनियोजन गरिएको छ ।

पुँजिगत तर्फको ४३ लाख १६ हजार रुपैयाँबाट तीन वटा ठुला योजनाका लागी सात लाख, १५ वटा साना पूर्वाधार तथा प्रर्वद्धनात्मक कार्यक्रमका लागी आठ लाख ७८ हजार तीन सय ८४ रुपैया बिनियोजन गरिएको छ । यस्तै बालबालिकाको १२ वटा योजना तथा कार्यक्रमका लागी ५ लाख २६ हजार एक सय २८ रुपैया, आदिवासी जनजाती, दलित, अपांग, जेष्ठ नागरिक लगायतको लक्षित बर्गका लागि पाँच लाख २६ हजार एक सय २८ रुपैया, बिपन्न महिला लक्षित बर्गको बिकासका लागी तीन लाख ५० हजार सात सय ५२ रुपैयाँ र कृषी क्षेत्रको बिकासका लागी पाँच लाख २६ हजार एक सय २८ रुपैया बिनियोजन गरिएको सामाजिक परिचालक बिमल योगीले जानकारी दिनुभयो । परिषदले आगामी असार मसान्त सम्म गा.वि.स.लाई बालमैत्री र लैंगिक हिँसामुक्त गा.वि.स.घोषणा गर्ने निर्णय समेत गरेको छ । घोषणा कार्यलाई सहयोग पुर्याउन बालबिवाह न्यूनीकरण, लैंगिक हिँसा न्यूनीकरण तथा जन्म दर्ता शिविर सञ्चालन गर्ने कार्यक्रम योजनामा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक