२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

मानपुरको १९ औं गाउँ परिषद्बाट १ करोड ४८ लाख बजेट बिनियोजन

२०७२, २८ पुष मंगलवार १३:११

मानपुर गाविसको १९ औं गाउँ परिषद्ले करीव डेढ करोड बजेट बिनियोजन गरेको छ । मंगलबार सम्पन्न परिषद्ले आर्थिक वर्ष २०७३र०७४ का लागि १ करोड ४८ लाख ७१ हजार ५ सय बजेट बिनियोजन गरिएको हो ।

‘सुशासन उत्तरदायित्व बुझौं सबैले, आत्मनिर्भरता र समानताका लागि, लागि परौं हामी सबैले’ भन्ने मूल नाराका साथ मंगलबार मानपुरमा १९ औं गाउँ परिषद् सम्पन्न भएको हो । मानपुर गाविस गेहराज पौडेलको अध्यक्षता एवं जिल्ला विकास समिति दाङका आ.ले.प. अधिकृत सुदनबहादुर डिसीको प्रमुख आतिथ्यतामा परिषद् सम्पन्न भएको हो । कृषि सेवा प्रमुख पशुपति शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्ने वक्ताहरुहरुले बिनियोजित बजेट सही ठाउँमा र निर्धा्रित समयमा कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिएका थिए । यसरी बोल्नेहरुमा दलित सञ्जाल मानपुरका मानसिंह सुनार, वडा नागरिक मञ्चका भोजराज वली, नेपाली काँगे्रसका यज्ञबहादुर बस्नेत, एमालेका लोकबहादुर वली, नेकपा क्रान्तिकारी माओवादीका तुलाराम भण्डारीलगायतकाले बोल्नुभएको थियो ।

बिनियोजित बजेट सामाजिक सुरक्षातर्फ ८३ लाख ५२ हजार पुँजीगततर्फ ३८ लाख ७६ हजार, सञ्जाल अनुदान ४ लाख ५३ हजार आन्तरिकलाई ८ लाख ९० हजार ५ सय जिविसबाट १० लाख बिनियोजित गरिएको छ । कार्यक्रममा पुरुषतर्फका जेष्ठ नागरिक बुद्धिराम चौधरी र महिलातर्फ जिरख्नी चौधरीलाई नगदसहित सम्मान–पत्र प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण मानपुर गाविसका कार्यालय सहायक राजेन्द्र केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा