2026-06-29 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

शैक्षिक स्तर उकास्नका सवै लाग्नुपर्छः विश्वासी

सन्तोषकुमार गुप्ता । पुस २८, दाङ । डुरुवा ८ मा रहेको बालमितेरी उच्च मावि भोजपुरले आफ्नो ४६ औं बार्षिक उत्सवको एक कार्यक्रम गरी समापन गरेको छ । विद्यालयले आइतवारदेखि विविध कार्यक्रम गरी दिवस मनाउन सुरु गरेको थियो । समापन समारोहलाई सम्बोधन गर्दै एमाले नेता एवं सासंद भागवत विश्वासीले अहीलेको शैक्षिक स्तर उकास्नका लागि सवै लाग्नुपर्ने बताए । विद्यालयको बार्षिक उत्सव समापन समारोहलाई सम्वोधन गर्दै उनले विद्यालय, विद्यार्थी र अभिभावकको वीचमा सम्वन्ध राम्रो भएमात्रै शिक्षाको स्तर माथि उठ्ने वताए । एकल प्रयासवाट मात्रै शिक्षाको स्तर माथि उठाउन अशंभव रहेको उनको धारणा थियो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मनिराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि विश्वासीले अभिभावक, शिक्षक र विद्यार्थी सवको प्रयासवाट मात्रै शिक्षाको स्तर राम्रो हुने वताए । नेकपा एमालेका पोलिट ब्यूरो सदस्य समेत रहेका विश्वासीले अहिलेको सविधानले सवैको हक अधिकार समेटेको दावि गरे । कार्यक्रममा एमाले जिल्ला सदस्य देवराज विक,पूर्व प्रधानाध्यापक वलराम धिताल ,अभिभावक डिल्लीराज धिताल , शिव रेग्मी ,विद्यालय व्यवस्थापन समितिका सदस्य थुमलाल चौधरी ,रोहित चौधरी , राममणि शर्मा ,गणेश प्रसाद रेग्मी लगायतले मनतब्य राखेका थिए । सो अवसरमा हाजिरी जवाफ र विविध खेलकुद प्रतियोगतामा विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरीएको थियो । शिक्षक बलदेव आचार्यको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तुलाराम बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षक होमराज डाँगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ