२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सडक विस्तार भए सँगै फेरियो सुर्नयाको मुहार

२०७४, २९ माघ सोमबार ०५:४५

विनोद सिंह विष्ट / माघ २९, बैतडी | सडक सञ्जाल विस्तार भएसँगै बैतडीको सुर्नया गाउँपालिकाको मुहार फेरिँदै गएको छ । केही वर्ष अघिसम्म दैनिक उपभोग्य सामान किन्न समेत घण्टौं हिँड्नु पर्ने बाध्यता रहेको यो ठाउँमा सडक विस्तार भएपछि त्यो बाध्यता हटेको छ । 

गाउँमा कुनै मान्छे बिरामी हुँदा उपचारका लागि लैजान समस्या हुने गरेको यस गाउँपालिकामा अब त्यस्तो समस्या छैन । सडक नहुँदा यसअघि सदरमुकाम जान समेत तीन÷चार दिन लाग्ने गरेको भएपनि हाल आएर एक दिनमै सदरमुकाम पुग्न सकिने भएको रौलेश्वर मावि रामकी बरायलका प्रधानाध्यापक गणेश दत्त अवस्थीले बताउनुभयो । 

“ सडक सञ्जाल विस्तार भएपनि दैनिक उपभोग्य सामान भने सुपथ मूल्यमा किन्न पाएका छैनौं,” उहाँले भन्नुभयो – “सडक पुगेपछि सहज त भयो तर दैनिक उपभोग्य सामानको मूल्य घटेन ।” 

सडक सञ्जाल विस्तार भएसँगै सहज रुपमा गाउँमै सबै किसिमको सामान पाइने गरेको स्थानीयवासी शंकर विष्टको भनाइ छ । यहाँका जनतालाई पहिले घण्टांै हिँडेर पाटन तथा सतबाँझ गएर दैनिक उपभोग्य सामान लिन जानुपथ्र्यो । 

ग्रामीण क्षेत्रमा सडक विस्तार भएसँगै गाउँमा उत्पादित कृषि सामग्री सहज रुपमा बजारसम्म लैजान सकिएको सुर्नया गाउँपालिका ५ का स्थानीय बासिन्दा हर्क बहादुर विष्टले जानकारी दिनुभयो । कृषि उपजले पनि बजार पाएकाले किसानहरु व्यावसायिक खेतीतर्फ लाग्न थालेका छन् । सडक नहुँदा दैनिक उपभोग्य सामान बोक्न भरिया लगाउनुपथ्र्यो । 

“सडक नहुँदा नून, तेलका लागि समेत घण्टौं हिँडेर बोकेर ल्याउनुपथ्र्यो,” सुर्नया ५ का जयमती मडैले भन्नुभयो – “अब त घरनजिकै गाडीमा सामान आउँछ ।” 

सुर्नया ८ ढोलेका रमेश बोहराले भने गाउँसम्म सडक नहुँदा घोडा, खच्चरमा खाद्यान्न सामग्री ढुवानी गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो – “दैनिक उपभोग्य सामान किन्न समेत एक÷दुई घण्टा पैदल हिँड्नुपर्छ ।” 

सुर्नया गाउँपालिकाको केन्द्र रौलेश्वरसम्म सडक पुगेपछि स्वास्थ्य सुविधा पनि सहज रुपमा उपलब्ध हुनथालेको गाउँपालिकाका स्वास्थ्य संयोजक जयदेव जोशीको भनाइ छ । 

सडक विस्तारले सुर्नयामा आमूल परिवर्तन भएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीर बहादुर विष्टको भनाइ छ । उहाँले भन्नुभयो – “सडक विस्तारले ग्रामीण अर्थतन्त्र क्रियाशिल भएको छ ।” गाउँपालिकाको विकासका लागि अहिले विभिन्न संघ संस्थाले लगानी गर्न खोजेका छन् । 

सुर्नया गाउँपालिकाका सबै वडा सडकले छोएको छ । सतबाँझ–श्रीभार सडकअन्तर्गत २१ किलोमिटर सुर्नया गाउँपालिकासम्म सडकको ट्रयाक खुली गाडीहरु सञ्चालनमा रहेका छन् । खोड्पे–बझाङ सडकको मोतिनगरबाट अर्को सडक सुर्नया गाउँपालिकाको शंकरपुर पुगेको छ । सतबाँझ–श्रीभार सडकअन्तर्गत २१ किलोमिटर लामो सडकमा दैनिक जीप सञ्चालनमा रहेको भएपनि सडक स्तरोन्नति तथा रुट परमिट नहुँदा गाडी सञ्चालनमा समस्या हुने गरेको महाकाली यातायात व्यवसायी समिति सतबाँझ बैतडीका इञ्चार्ज कर्ण बहादुर पाण्डेयले जानकारी दिनुभयो । 

सतबाँझ–श्रीभार सडकखण्डअन्तर्गत सुर्नया गाउँपालिकाको केन्द्र रोलेश्वरसम्म ट्रयाक खुली गाडीहरु सञ्चालनमा रहेका भएपनि सडकको स्तरोन्नति नहुँदा समस्या भएको छ । कच्ची सडक पुगेको भएपनि जोखिमपूर्ण यात्रा गर्न परिरहेको रौलेश्वर माविका प्रधानाध्यापक गणेश दत्त अवस्थीले बताउनुभयो । पानी पर्दा यस सडकमा गाडी नै चल्दैैन । 

सतबाँझ–श्रीभार सडक अन्तर्गत २१ किलोमिटर सुर्नया गाउँपालिकासम्मको सडकमा दैनिक जीप सञ्चालनमा रहेको भएपनि रुट परमिट नहुँदा गाडी सञ्चालनमा समस्या हुने गरेको यातायात व्यवसायी समितिको गुनासो छ । हाल उक्त सडकमा दैनिक ४÷५ वटा जीप सञ्चालन हुन्छ । सडक स्तरोन्नति गरी रुट परमिट दिनुपर्ने समितिको माग छ । 

सतबाँझदेखि सुर्नया गाउँपालिकासम्मको सडकमा खाल्डाखुल्डी पुर्न र स्तरोन्नति गर्न दवाव दिन राम विष्टको अध्यक्षतामा ७ सदस्यीय सडक सुधार संघर्ष समिति समेत गठन गरिएको छ । 

सतबाँझदेखि सुर्नया गाउँपालिकासम्म ट्रयाक खोलिएको उक्त सडक ढोलेसम्म विस्तार हुने र सोही क्रममा स्तरोन्नतिको काम पनि सँगसँगै हुने सुर्नया गाँउपालिका अध्यक्ष विष्टले जानकारी दिनुभयो । सडक स्तरोन्नतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागलाई आग्रह गरिएको छ ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार