2026-07-25 04:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

मन, बचन र कर्मले सेवा गर्न रेडक्रसकर्मीलाई डा. पोख्रेलको सुझाव

सन्तोषकुमार गुप्ता, माघ १७, भालुवाङ ।
उपशाखा सभापतिमा भट्टराई सहित नयाँ नेतृत्व सर्वसम्मत चयन
राष्ट्रिय योजना आयोगमा पूर्व उपाध्यक्ष डा. गोबिन्दराज पोख्रेलले मन, बचन र कर्मले दुखमा परेका मानिसहरुको सेवा गर्नु नै सच्चा रेडक्रसकर्मी हुने बताएका छन् ।

नेपाल रेडक्रस सोसाईटी उपशाखा लालमटियाको शनिबार आफ्नै कार्यालय परिसर लालमटियाको मसुरियामा भएको ८ औँ उपशाखासभा तथा तेस्रो अधिवेशन उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका डा. पोख्रेलले रेडक्रसको सदस्यता लिँदैमा रेडक्रसकर्मी नहुने जसका लागि रेडक्रसको मुल मन्त्र “आत्मासाक्षी राखी मन, बचन र कर्मले सेवा गर्न” सकेमात्र सच्चा रेडक्रसकर्मी हुने बताएका थिए । हामी माग्न सिपालु र दिनका लागि कन्ञ्जुर भयौँ यस्तो प्रबृत्तिले कसैका पनि सेवा हुँदैन जसका लागि स्वम् हामीले दिएरै रेडक्रसको भावनालाई आत्मासाथ गर्न सम्पूर्ण रेडक्रस कर्मीलाई सुझाव समेत दिए । डा. पोख्रेलले एक आर्को प्रसङ्गमा बोल्दै विकास गर्ने काममा राजनिति नगर्न आग्रह गदै विकासका लागि सबै जना दलगत स्वार्थलाई त्यागेर लाग्न समेत जोड दिए । तपाई हुनुहुन्छ अनि मात्र तपाईको पार्टी छ, त्यसैले पार्टी ठुलो होईन तपाईको काम र बलिदानी ठुलो यति खेर देश ठुलो सकष्टमा परेको बेला सबै नेपाली विकास निर्माणमा हातेमालो गर्नु पर्छ उनले भने ।
redcross

उपशाखा सभापति गंगाराम भट्टराईको अध्यक्षतामा भएको उपशाखासभा तथा अधिवेशन उद्घाटन कार्यक्रममा बिशिष्ट अतिथीको आसनबाट बोल्दै नेपाल रेडक्रस सोसाईटी दाङ्ग शाखा सभापति नारायण आचार्यले रेडक्रस सहयोगी मन भएकाहरुको छाता संगठन हो, यसलाई राजनिति संग होईन सहयोग मन र भावना संग काम गर्न आग्रह गरे । सेवा गर्न रेडक्रसमा आउने व्यक्ति निस्वार्थ भावना भएर लाग्न सुझाव समेत दिए । उपशाखा सदस्य महेशकुमार अधिकारीको स्वागतबाट शुरु भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी लमही शाखा सभापति थानेस्वर गैरे, नेपाल रेडक्रस सोसाईटी उपशाखा गढवाका सभापति शंकर पाण्डे, लालमटिया गाविस सचिव दामोदर पोख्रेल, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल, नेकपा माओवादीका बिक्रस र पत्रकार महेश रिजाल लगायक्तका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सभामा उपशाखा सचिव प्रमोद पौडेलले बार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष खगेस्वर शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । ओ अवसरमा लालमटिया उपशाखा संस्थापक दुर्गाप्रसाद भुसाललाई दोसल्ला र सम्मान—पत्रले सम्मान गरेको थियो । कार्यक्रमको सहर्जीकरण उपशाखा सचिव प्रमोद पौडेलले गरेका थिए ।

सभाको बन्दसत्रले पुन गंगाराम भट्टराईको सभापतित्वमा ९ सदस्यीय नयाँ कार्य समिती सर्वसम्मत चयन गरेको छ । जसको सदस्यहरुमा प्रमोद पौडेल, बिन्दु ज्ञवाली, उत्तम अधिकारी, रामस्वरुप बर्मा, भरत अधिकारी, पदम बेल्बासे, भिमादेवी आचार्य र मेनुका शर्मा रहेका छन् । निर्वाचन समितीले माघ ८ गते निर्वाचनमा जाने गरी निर्वाचन तालिका सार्वजनिक गरेको भए पनि लामो प्रयास पछि सर्वसम्मत नयाँ नेतृत्व चयन भएको निर्वाचन अधिकृत तथा नेपाल रेडक्रस सोसाईटी दाङ्ग शाखा मन्त्री मदन गौतमले जानकारी दिए । अधिवेशनमा सभापति गंगाराम भट्टराई भने निबिरोध निर्वार्चित भएका थिए । ८ सदस्य पदका लागि १५ जनाको उम्मेद्धारी परेपछि निकै लामो कसरतबाट सहमति भएको थियो । नवनिर्वाचित पद्धाधिकारीहरुलाई सोमबार बिहान ११ बजे आफ्नै कार्यालय परिसरमा सपथग्रहण गराईने मन्त्री गौतमले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक